राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ताशुक्रबार, असार १४, २०८१

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ: प्रधानमन्त्री शुक्रबार, असार १४, २०८१ प्रधानमन्त्री प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताए। सकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्धत रहेको उल्लेख गरे। उनले कम्युनिष्टहरूले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताए।

एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास शुक्रबार, असार १४, २०८१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ। नेतृत्वपङ्क्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ।राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध...

प्रतिनिधिसभाको बैठक बस्दै शुक्रबार, असार १४, २०८१ बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक बिहीबार, असार १३, २०८१ असार १९ गते बुधबार बिहान ८ बजेका निम्ति बोलाइएको बैठकमा महामन्त्रीको समीक्षा प्रतिवेदनबारे छलफल हुनेछ।बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको छ।
-1719491121.jpg)
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद थाल्न तीन दल सहमत बिहीबार, असार १३, २०८१ प्रमुख तीन दल सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन्। बालुवाटारमा बिहीबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको हो।
-1719492502.jpg)
महामन्त्रीको प्रतिवेदनले रास्वपामा हलचल बिहीबार, असार १३, २०८१ उनले उक्त प्रतिवेदन बुझाएपछि त्यसमा के छ भन्नेबारे धेरैको चासो छ। प्रतिवेदनबाट बाहिरिएका केही वाक्यांशले उनले उक्त प्रतिवेदन तयार गरेर आफ्नो राजनीतिक जीवन नै धरापमा राखेको समेत दाबी गरेका छन्। उनले आफ्नै राजनीतिक जीवनलाई नै धरापमा राखेर लेखिएको दाबी गरिएको उक्त प्रतिवेदनमा खास केही छन् भन्ने अनुमान लगाउन सकिन्छ। स्थापनाको...
-1719491121.jpg)
बालुवाटार बैठकः शीर्षसहित दोस्रो तहका नेता समेत सहभागी बिहीबार, असार १३, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा बैठक बसेको छ। बैठकमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरु सहभागि रहेका छन्।बैठकमा प्रधानमन्त्री प्रचण्डसहित तीन दलका शीर्ष नेताहरु रहेका छन्।
-1719490472.jpg)
एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने बिहीबार, असार १३, २०८१ नेकपा एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। ७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने खतिवडाले बताए। उनका अनुसार सम्मानित नेताको पद पनि यथावत्...

बजेटमा राखिएका सुझाव सम्बोधन नभएको सांसदको गुनासो बिहीबार, असार १३, २०८१ राष्ट्रियसभाका सदस्यहरुले बजेटपछिको विनियोजन विधेयकमाथि भएको छलफलमा दुबै सदनका सांसदले दिएको सुझावलाई सामावेश नगरिएको भन्दै आपत्ति जनाएका छन्।
-1719399450.jpg)
अध्यक्षमा घनश्यामलाई सघाउनेबारे के भन्छन् झलनाथ? बिहीबार, असार १३, २०८१ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी महाधिवेशनमा अध्यक्षका लागि आफ्नो दाबी कायमै रहेको बताएका छन्। यसअघि बुधबार पार्टी महासचिव घनश्याम भुसाललाई अध्यक्षमा सघाउन तयार रहेको खबरहरु बाहिरिएका थिए। त्यसो त हिजो खनाल निवास डल्लुमा भएको भेटमा दुवै नेताहरुले हात मिलाएको तस्बिर सार्वजनिक भएको र अध्यक्षबाट खनाल ब्याक भएको भुसालले...
-1719486204.jpg)
संसद्मा गोकुल बास्कोटाको आक्रोशः किसानलाई हेप्नी! बिहीबार, असार १३, २०८१ सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले दूध किसानहरुको समस्याबारे संसद्मा आवाज उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको विशेष समय मागेर बोलेका पूर्वमन्त्री समेत रहेका बास्कोटाले भुक्तानीको आशामा रहेका दूध किसानहरुको पक्षमा आवाज उठाएका हुन्। केही महिनायता देशभरका किसानहरुले दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगबाट ५ अर्ब भन्दा बढी...

प्रचण्डले ओली र देउवालाई बोलाए बालुवाटार बिहीबार, असार १३, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन्। बिहीबार (आज) अपरान्ह प्रचण्डले छलफलका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन्। केहीबेरमा सिंहदरबारमा नेतात्रयबीच छलफल हुने बताइएको छ।