News Griha :: न्यूजगृह
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न 
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न  नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ।बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका थिए।
नेपालमा लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण
नेपालमा लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण सांसदहरुले नेपालमा लगानीका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा विचार प्रस्तुत गर्दै उनीहरुले यस विषयमा जोड दिएका हुन्।  
परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिई स्वदेश फिर्ता भएका छन्। 
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै ‘रातो किताब’ बाहिरियो, कांग्रेसको आपत्ति 
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै ‘रातो किताब’ बाहिरियो, कांग्रेसको आपत्ति  सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को योजनासहितको बजेट पुस्तिका (रातो किताब) सार्वजनिक भएको पाइएको छ।  गत असार १ गते सरकारले प्रदेश सभामा पेस गरेको बजेटबारे छलफल नै नगरी बाहिर आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको हो। सरकारले त्यसलाई अहिलेसम्म आधिकारिक रुपमा बाहिर नल्याउँदा त्यसको डिजिटलप्रति भने...
माधव नेपालको दाबी– हामीले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्कायौँ 
माधव नेपालको दाबी– हामीले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्कायौँ  नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरुले विद्रोहको ज्वाला दन्काएको  दाबी गरेका छन् । मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको सांस्कृतिक साँझ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा एक्लै भएपनि अगाडि बढ्ने आँट गरेको बताएका हुन्। 
धनराजको चुनौती– मैले एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीतिबाट सन्यास लिन्छु
धनराजको चुनौती– मैले एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीतिबाट सन्यास लिन्छु नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको प्रमाण ल्याएमा राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले वडाध्यक्षदेखि मन्त्री प्रधानमन्त्रीसम्म भएका व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि दिन सक्ने की नसक्ने भन्दै प्रश्न समेत गरे। मंगलबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दैृ उनले वडाध्यक्षदेखि पार्टीका शीर्ष...
कांग्रेस महामन्त्री शर्माको आरोप– प्रधानमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सिए 
कांग्रेस महामन्त्री शर्माको आरोप– प्रधानमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सिए  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदीय जिम्मेवारी बिर्सिएर उपप्रधानमन्त्रीले दिएको अभिव्याक्तिको खण्डन गर्दै हिँडेको आरोप लगाएका छन्। 
गगनको आह्वान– अहिले सरकारतिर नहेरौँ, ०८४ सम्म सय सिट ल्याउनेगरी काम गरौँ 
गगनको आह्वान– अहिले सरकारतिर नहेरौँ, ०८४ सम्म सय सिट ल्याउनेगरी काम गरौँ  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ०८४ को निर्वाचनसम्म कांग्रेस सरकार बाहिरै बसेर संगठन सुदृढिकरणमा लाग्नुपर्नेमा जोड दिएका छन्। उनले आगामी निर्वाचनसम्म कम्तीमा सय सिट जित्नेगरी जानुपर्नेमा जोड दिए। मंगलबार पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्। 
देउवाको सुझाव– झगडा गरेर हुँदैन, मिलेर अघि बढे मात्र देश बन्छ
देउवाको सुझाव– झगडा गरेर हुँदैन, मिलेर अघि बढे मात्र देश बन्छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरी मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन्। मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै समुदाय र जातजाती मिलेर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताए। 
चुच्चे नक्सा र भारतसँगको विभिन्न सन्धिबारे के भन्छन् प्रधानमन्त्री? 
चुच्चे नक्सा र भारतसँगको विभिन्न सन्धिबारे के भन्छन् प्रधानमन्त्री?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सीमा विवाद दुई देशबीच रहेको द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने बताएका छन्। दाहालले जेठ १७ गते गरेको भारत भ्रमणका क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग  नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयन गर्ने बारेमा गम्भीर भएर सो विषय उठाएको बताए। 
बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई एमालेको ‘ह्वीप’ 
बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई एमालेको ‘ह्वीप’  सत्तारुढ दल नेकपा एमालेले संसद्मा उपस्थित भइ बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ। आज आगामी आर्थिक वर्षको बजेट पास गर्ने कार्यसूची रहेको छ। गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/०८२ को प्रस्तुत बजेटका विषयमा छलफल चलिरहेको छ। आज सबै मन्त्रालयगत छलफल सकिने र मन्त्रीहरुले समेत...
एकीकृत समाजवादीले कार्यसमितिको आकार घटाउँदै, १९९ सदस्यीय हुने 
एकीकृत समाजवादीले कार्यसमितिको आकार घटाउँदै, १९९ सदस्यीय हुने  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ।आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा बहुपदीय प्रणालीमा निर्वाचन गरिने सो कार्यसमितिमा १९ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कार्यसमिति गठन हुने पार्टी स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।
Weather Update