News Griha :: न्यूजगृह
बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई एमालेको ‘ह्वीप’ 

काठमाडौं— सत्तारुढ दल नेकपा एमालेले संसद्मा उपस्थित भइ बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ। 

आज आगामी आर्थिक वर्षको बजेट पास गर्ने कार्यसूची रहेको छ। गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/०८२ को प्रस्तुत बजेटका विषयमा छलफल चलिरहेको छ। आज सबै मन्त्रालयगत छलफल सकिने र मन्त्रीहरुले समेत जवाफ दिने काम सकिने भएकाले आजै निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। 

बजेट पास हुने दिन आज संसद्मा अनिवार्य उपस्थित भइ बजेटका पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

त्यस्तै यसअघि नै माओवादी केन्द्र लगायत सत्तारुढ दलहरुले बजेटको पक्षमा मत राख्न ह्वीप जारी गरिसकेको छ। भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। 

अहिले संसद्को जारी बैठकमा मन्त्रालयगत रुपमा बजेटबारे छलफल चलिरहेको छ। 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:२५
Weather Update