News Griha :: न्यूजगृह
देउवाको सुझाव– झगडा गरेर हुँदैन, मिलेर अघि बढे मात्र देश बन्छ

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरी मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन्। 

मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै समुदाय र जातजाती मिलेर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताए। 

उनले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ। तपाईँहरुले अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ। त्यसकारण तपाईंहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ। भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस्। साथसाथै कांग्रेस पार्टीलाई पनि मजबुत पार्नुस्। यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस्। त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ। तपाईँहरू आदिवासी, जनजाति दिदीबहिनीहरूको अधिकार पनि संरक्षण हुन्छ। आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन। छलफल गरेर उहाँहरूका मागहरू पूरा हुनेछन्। म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु।’

आदिवासी, जनजातिको हकहितको संरक्षणको लागि आफू कटिबद्ध भएर लाग्ने सभापति देउवाको भनाइ थियो। 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:४४
Weather Update