News Griha :: न्यूजगृह
धनराजको चुनौती– मैले एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीतिबाट सन्यास लिन्छु

काठमाडौं— नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको प्रमाण ल्याएमा राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। 

उनले वडाध्यक्षदेखि मन्त्री प्रधानमन्त्रीसम्म भएका व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि दिन सक्ने की नसक्ने भन्दै प्रश्न समेत गरे। 

मंगलबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दैृ उनले वडाध्यक्षदेखि पार्टीका शीर्ष सबै नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रस्ताव महासमितिको बैठकमा पनि राखेको बताए।

आफूमाथि छानबिन गर्न चुनौती दिँदै गुरुङले भने, ‘मैले कुनै एउटा मात्रै ठाउँमा एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने प्रमाण लिएर आउँछ भने राजनीतिबाट सन्यास लिन तयार छु। यही कुरा हरेक नेताले भन्न सक्ने कि नसक्ने आजको दिनमारु सवाल यो हो। मैले महासमितिको बैठकमा पनि भनेको थिए वडाध्यक्षदेखि पार्टीका सबै नेताहरुको सम्पत्ति छानविन गर्नुपर्छ। मैले सदनमा पनि सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर दर्ता गरेका छन्।’

त्यस्तै उनले सहकारी ठगीको आरोप लागेका उपप्रधान एवं गृहमन्त्रीमाथि प्रश्न उठाउँदा आफूहरुमाथि छानबिन गर्दिउँ भन्दै तर्साएको बताए। साथै आफूहरु त्यस्तो धम्कीबाट नडराउने भन्दै उनले भने, ‘कुनै पार्टीको नेताले गलत गर्दै गर्दा हामीले छानविन गर्नुपर्छ भन्दै गर्दा तेरो पनि यो फाइल खोल्दिउँरु भन्ने परिस्थिती अब दिनमा त्यस्तो कदम हुँनै हुन्न। त्यसपछि मात्रै कांग्रेस जनताको पार्टी हुन्छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै धनराजले पार्टीका विभिन्न भ्रातृ संगठनहरुलाई समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिए। त्यसका साथै समयमा नै महाधिवेशन गर्न समेत भ्रातृ संगठनका अध्यक्षहरुलाई आग्रह गरे।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १७:४१
Weather Update