संसद् सचिवालयका कर्मचारीहरुको माग सम्बोधन गर्न वार्ता हुँदैसोमबार, असार १०, २०८१

काठमाडौं आइपुगे चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ सोमबार, असार १०, २०८१ जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गरे।

राजदूतको नाम सिफारिस गर्न रास्वपाले बनायो मापदण्ड सोमबार, असार १०, २०८१ कार्यदलले मापदण्ड तय गरी सोमबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरेको महामन्त्री डा मुकुल ढकालले जानकारी दिएका छन्। राजदूतका लागि पहिलो मापदण्डमा नेपालको संविधान, प्रचलित कानुन तथा राजदूत नियक्तिसम्बन्धी निर्दैशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ। जसमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, भविष्यमा सरकारी सेवाको...

विशेष पद सिर्जना गरी निलम्बित मुख्यसचिव अर्यालको सरुवा सोमबार, असार १०, २०८१ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई त्यहाँ सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असार १०, २०८१ संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।

चिनियाँ उपविदेशमन्त्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै सोमबार, असार १०, २०८१ चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्।भ्रमणका क्रममा उनी मङ्गलबार काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भोलिसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित आइतबार, असार ९, २०८१ प्रतिनिधि सभा बैठक सोमबार (भोलि) सम्मका लागि स्थगित गरिएको छ। विनियोजन विधेयकमाथिको छलफल नसकिएपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो।
-1719142437.jpg)
मधेस प्रदेशका सांसदहरुमा मोबाइल मोह, बैठकमै ‘गेम’ खेलेपछि सभामुखको रुलिङ आइतबार, असार ९, २०८१ मधेस प्रदेश सभाका सदस्यहरुमा मोबाइल मोह देखिएको छ। प्रदेश सभा बैठक चलिरहेको अवस्थामा मोबाइल चलाएपछि सभामुखले रुलिङ नै गर्नुपर्ने अवस्था आएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा बनेको विधेयकबारे छलफलको कार्यसूची रहेको थियो।
![दक्षिण कोरियाका राजदूत सिफारिस सुशील प्याकुरेलले गरे पद अस्वीकार [पत्रसहित]](https://newsgriha.com/uploads/posts/520X390/sushil-pyakurel-d-(1)-1719138123.jpg)
दक्षिण कोरियाका राजदूत सिफारिस सुशील प्याकुरेलले गरे पद अस्वीकार [पत्रसहित] आइतबार, असार ९, २०८१ दक्षिण कोरियाका लागि नेपाली राजदूतका रुपमा सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भागबण्डाका आधारमा विभिन्न देशका राजदूत सिफारिस गरेको थियो। त्यसमध्ये प्याकुरेलको नाम पनि सिफारिस भएको थियो। तर प्याकुरेलले भने आफूले उक्त पद अस्वीकार गरेको भन्दै विज्ञप्ति जारी गरेका हुन्।
-1719132951.jpg)
सेनाको भर्ना तथा सरुवा बढुवामा कुनै किसिमको भेदभाव छैनः रक्षामन्त्री उप्रेती आइतबार, असार ९, २०८१ रक्षामन्त्री हरि उप्रेतीले नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेदभाव नरहेको दाबी गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदभाव नहुने बताएका हुन्।
-1717312158.jpg)
प्रधानमन्त्रीप्रति गगनको कटाक्षः नटेर्ने मन्त्री फेर्ने, त्यो नसके आफैँ बालुवाटारबाट सर्ने आइतबार, असार ९, २०८१ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई केन्द्र सरकारले दिएको समानीकरण अनुदान काट्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्। आइतबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले केन्द्र सरकारले स्थानीय तहलाई बकस दिएजस्तो अनुदानमा मनलाग्दी गर्न लागेको बताए। त्यस्तै वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलगाउने अनि अहिले स्रोत छैन भनेर...
-1717655237.jpg)
गृहमन्त्रीलाई कांग्रेसको प्रश्नः ‘लोकेसन’ पत्ता लागिसकेपछि पनि जीबी राईलाई पक्रन केले रोक्यो? आइतबार, असार ९, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेर ल्याउन के कुराले रोकेको भन्दै प्रश्न गरेका छन्। आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सो प्रश्न गरेका हुन्। यसअघि बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका...
-1719125007.jpg)
संसद् सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभा बैठकमा ढिलाइ आइतबार, असार ९, २०८१ विभिन्न ११ बुँदे मागसहित आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण प्रतिनिधि सभा बैठक प्रभावित भएको छ। आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो। तर असन्तुष्ट कर्मचारीहरुले प्रतिनिधि सभा भवन बाहिर विरोध प्रदर्शन गरेपछि बैठक प्रभावित भएको हो। उनीहरुले संसद् भवन अघि आफूहरुको माग सम्बोधन गर्न टाउकोमा...