विशेष पद सिर्जना गरी निलम्बित मुख्यसचिव अर्यालको सरुवा

काठमाडौं— सरकारले मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्यालको सरुवा गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई त्यहाँ सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उक्त विशेष पद अर्यालको अवधिभर कायम रहने छ।
अर्यालविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ ११:२८