News Griha :: न्यूजगृह
भोलिसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित 

काठमाडौं— प्रतिनिधि सभा बैठक सोमबार (भोलि) सम्मका लागि स्थगित गरिएको छ। 

विनियोजन विधेयकमाथिको छलफल नसकिएपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो। 

आज विनियोजन विधेयकमाथिको छलफल सकिए आजै बजेट पास गर्ने तयारी रहेको थियो। तर आइतबार अबेरसम्म पनि छलफल सकिएन। आज शिक्षा, खेलकुद, श्रम, वन लगायतका विनियोजन शीर्षकमाथि छलफल गरिएको थियो। 

आजको बैठकमा सम्बन्धित मन्त्रीहरुले आफ्नो मन्त्रालयको बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिएका थिए। 

अन्य मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथि छलफल नसकिएपछि सभामुख देवराज घिमिरेले सोमबारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। 

बैठक भोलि बिहान ११ बजे बस्नेछ।  

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १९:३२
Weather Update