-1719132951.jpg)
काठमाडौं— रक्षामन्त्री हरि उप्रेतीले नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेदभाव नरहेको दाबी गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदभाव नहुने बताएका हुन्।
उनले भने, ‘नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा भेदभाव सम्बन्धमा प्रश्न उठेको छ। नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदभाव हुँदैन र हुने छैन। त्यस्तो भएमा मेरो जानकारीमा आउनुप¥यो। किनकी नेपाली सेनाभित्र ने भेदभाव भयो भने द्धन्द्धको कहिल्यै अन्त्य हुँदैन। जहाँ भेदभाव हुन्छ त्यहाँ विद्रोह र द्धन्द्ध हुन्छ। त्यहीबाट द्धन्द्ध पीडित निस्कदा अर्को चरणको द्धन्द्ध सुरु हुन्छ।’
मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिए।
राष्ट्रिय सुरक्षा सम्बन्धी वक्तव्यहरु दिनेहरु विदेशमा गएर फेटा बाँध्दै पासपोर्ट एउटै भएपनि हुन्छ भन्ने र नेपाल आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई सुरक्षा परिषद्को विधेयकले नियाल्ने कारण चाँडो पारित गर्न जरुरी रहको उनको भनाइ छ।
‘रक्षा मन्त्रालयको विशेष चासोमा राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको छ। म मन्त्रालयमा आएपछि राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक अगाडि बढाएको जानकारी गराउन चाहान्छु। र राष्ट्रिय सुरक्षा सम्बन्धी वत्तव्यहरु दिने विदेशमा गएर फेटा बाँधदै पासपोर्ट एउटै भएपनि हुन्छ भन्ने र यहाँ आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई पनि जानकारीको रुपमा सुरक्षा परिषद्को विधेयकले त्यसलाई नियाल्ने छ। त्यो विधेयकलाई पनि यहाँ पारित गर्न जरुरी छ’, मन्त्री उप्रेतीले भने।