News Griha :: न्यूजगृह
नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक आज
नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक आज नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा बस्दै छ। चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन र नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्ने बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती प्रदेशसभाको बैठक आज बस्दै बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै
जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेको छ। रिमाल नेतृत्वको ३० सदस्यीय उक्त टोली चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा १० दिने चीन भ्रमणमा जान लागेका हुन्।
प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ।
विनियोजन विधेयकमाथि छलफलः जवाफ दिन सम्बन्धित मन्त्री नभएपछि संसद्मा होहल्ला 
विनियोजन विधेयकमाथि छलफलः जवाफ दिन सम्बन्धित मन्त्री नभएपछि संसद्मा होहल्ला  पछिल्ला दिनहरुमा प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षका विनियोजन विधेयक (बजेट) बारे छलफल चलिरहेको छ। कतिपय मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुका बारेमा मन्त्रीहरुले जवाफ दिइसकेका छन् भने केही मन्त्रालयमाथिको छलफल र मन्त्रीको जवाफ बाँकी रहेको छ। बिहान ११ बजेका लागि बोलाइने बैठक राति अबेरसम्म पनि चलिरहन्छ, जहाँ बजेटबारे सांसदहरुले उठाएको प्रश्नमा...
सांसदहरुलाई गृहमन्त्रीको जवाफ– गिरीबन्धु टी–स्टेटबारे प्रहरीले उजुरी कुरेर बसेको छ 
सांसदहरुलाई गृहमन्त्रीको जवाफ– गिरीबन्धु टी–स्टेटबारे प्रहरीले उजुरी कुरेर बसेको छ  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले झापास्थित गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणबारे प्रहरी अनुसन्धानको तयारीमा रहेको बताएका छन्। सोमबार आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको पश्नको जवाफ दिँदै सो कुरा बताएका हुन्।सांसदहरुले सत्तारुढ दलकै नेताहरु मुछिएको उक्त काण्डबारे गृहमन्त्रीले छानबिनको दायरामा ल्याउन नसकेको भन्दै सांसदहरुले प्रश्न गरेका थिए।...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ। सरकारले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य कार्यक्षेत्र रहनेगरी सञ्जिबकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी निराजन पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मलेनमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त...
प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट 
प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरे। उनले आगामी दिनमा नेपालले सन्...
संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न ७ बुँदे सहमति
संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न ७ बुँदे सहमति आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरुको मागबारे सरकारले लचकता देखाएको छ। उनीहरुको मागलाई सम्बोधन गर्नका कर्मचारी पक्ष र गठित वार्ता समितिबीच ७ बुँदे सहमति भएको हो। सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता ७ बुँदे सहमति भएको हो। 
राष्ट्रियसभामा तिलगङ्गा विधेयक पेस
राष्ट्रियसभामा तिलगङ्गा विधेयक पेस राष्ट्रियसभाको आजको बैठकमा ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पेस गरिएको छ। 
कांग्रेसमाथि लागेका दागहरु सफा गर्न आवश्यक छः महामन्त्री थापा 
कांग्रेसमाथि लागेका दागहरु सफा गर्न आवश्यक छः महामन्त्री थापा  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक रहेको बताएका छन्। 
बालेनप्रति खनिए नगरसभा सदस्यहरु 
बालेनप्रति खनिए नगरसभा सदस्यहरु  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति नगरसभा सदस्यहरुले कटाक्ष गरेका छन्। महानगरको जारी १५औँ नगरसभा अन्तर्गत सोमबारको बैठकमा नगरसभा सदस्य (कार्यपालिका सदस्य) हरुले कटाक्ष गरेका हुन्। नगरसभा सदस्य अनिता कार्की ढोलीले मेयर बालेनले केही समय अघि सिंहदरबार जलाउँछु भनेको विषयलाई लिएर आक्रोश व्यक्त गरिन्। उनले आफ्नो व्यक्तिगत रिसइबीले सिंहदरबार...
Weather Update