News Griha :: न्यूजगृह
राष्ट्रियसभामा तिलगङ्गा विधेयक पेस

काठमाडौं— राष्ट्रियसभाको आजको बैठकमा ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पेस गरिएको छ। 

सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक पेस गरेकी हुन्।

बैठकले ‘नवीकरणीय ऊर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।

राष्ट्रियसभाको अर्को बैठक यही असार १३ गते बिहीबार दिउँसो १ः१५ बजे बस्नेछ। 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:०४
Weather Update