News Griha :: न्यूजगृह
माओवादी संसदीय दलको बैठक बस्दै
माओवादी संसदीय दलको बैठक बस्दै सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ।प्रतिनिधिसभा बैठक साढे १० बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो। 
आज राष्ट्रियसभा बैठक बस्दै 
आज राष्ट्रियसभा बैठक बस्दै  बैठकमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 
प्रतिनिधिसभा बैठक बस्दै, बजेट पास गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, बजेट पास गर्ने कार्यसूची प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। ​बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
इरान उडे परराष्ट्रमन्त्री श्रेष्ठ  
इरान उडे परराष्ट्रमन्त्री श्रेष्ठ   उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया कोअपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन इरान गएका छन्।
पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : प्रचण्ड 
पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : प्रचण्ड  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुबिधा नराख्न आग्रह गरेका छन्।उनले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अङ्कगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताए।
गोरखा पुगेर बाबुरामले भने— ‘बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रुपमा अगाडि बढाउनु पर्छ’
गोरखा पुगेर बाबुरामले भने— ‘बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रुपमा अगाडि बढाउनु पर्छ’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्। शनिबार गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्नसक्ने खतरा रहेको छ बताए।
आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैनः महामन्त्री थापा
आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैनः महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन्। कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (१)ले शनिबार आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 
कोशी प्रदेशसभाद्वारा विनियोजन विधेयक बहुमतले पारित
कोशी प्रदेशसभाद्वारा विनियोजन विधेयक बहुमतले पारित कोशी प्रदेशसभाको शनिबारको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ। 
सत्ता समीकरणमा कुनै असमझदारी छैन- प्रधानमन्त्री
सत्ता समीकरणमा कुनै असमझदारी छैन- प्रधानमन्त्री प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन् ।शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका हुन् ।
मन्त्रिपरिषद्वारा ८ देशका लागि राजदूत सिफारिस, भारतमा लोकदर्शन रेग्मी 
मन्त्रिपरिषद्वारा ८ देशका लागि राजदूत सिफारिस, भारतमा लोकदर्शन रेग्मी  मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ ।भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् ।
रास्वपालाई लिङ्देनको सुझाव- जनतालाई धोका नहोस्
रास्वपालाई लिङ्देनको सुझाव- जनतालाई धोका नहोस् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताले आशा र विश्वासका साथ मत दिएका जनतालाई धोका दिने काम नगर्न आग्रह गरेका छन्। 
संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन 
संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पास नहुन्जेलसम्म संसद् बैठकमा अनिवार्य उपस्थित आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। आज दिउँसो संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्देशन दिएको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट निर्णयार्थ प्रस्तुत नहुँदासम्म नियमित...
Weather Update