News Griha :: न्यूजगृह
माओवादी संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं— सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ।

प्रतिनिधिसभा बैठक साढे १० बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो। 

बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ। पार्टीले आफ्ना सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने सम्भावना छ।   

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:२५
Weather Update