प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमाबिहीबार, असार ६, २०८१

न्यायाधीश नियुक्ति समयमै गर्ने कानुनमन्त्री गिरीको प्रतिबद्धता बिहीबार, असार ६, २०८१ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अदालतमा रिक्त न्यायाधीशको दरबन्दी समयमै नियुक्ति हुने बताएका छन्। प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठाइएका विषयमा मन्त्री गिरीले जवाफ दिँदै अदालतमा रिक्त रहेका न्यायाधीशको दरबन्दीमा समयमै पदपूर्ति हुने बताएका हुन्।

गृहमन्त्रीको दाबी- बजेटमा पदको दुरुपयोग भएको छैन बिहीबार, असार ६, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगामी आर्थिक वर्षको बजेटमा पदको दुरुपयोग नभएको दाबी गरेका छन्। मन्त्रीहरुले आफ्नो जिल्ला र निर्वाचन क्षेत्र केन्द्रीत बजेट पारेको भन्ने गुनासोपछि गृहमन्त्री लामिछानेले सरकारले बजेट आवश्यक्ता र प्राथमिकताका आधारमा दिएको बताएका हुन्।

मन्त्रीका काममा राजनीति नगर्न सांसदलाई श्रममन्त्रीको आग्रह बिहीबार, असार ६, २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरुलाई आग्रह गरेका छन्।संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्।

माधव नेपाल भन्छन्– हाम्रो कारण गठबन्धन टुट्दैन बिहीबार, असार ६, २०८१ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताएका छन्।

कांग्रेस प्रवक्ता डा. महत भन्छन्– अब संविधान संशोधन गर्ने बेला आयो बिहीबार, असार ६, २०८१ नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अब संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बेला आएको बताएका छन्। बिहीबार लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाट मात्र सम्भव भएको भन्दै त्यसको लागि संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताए।

महिला नेतृलाई देउवाको सुझाव– विद्यादेवी भण्डारीले जस्तै छलाङ मार्नेगरी काम गर्नुस् बिहीबार, असार ६, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसभित्र महिलाहरुलाई अन्तरघात गर्ने प्रवृत्ति बढेको बताएका छन्। लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीमा उनले पार्टी अन्तरघातबाट मुक्त हुने हो भने महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको बताए।
-1718871003.jpg)
बजेटमा योजना छनोटबारे मन्त्रीहरुसँग प्रधानमन्त्री नै असन्तुष्ट बिहीबार, असार ६, २०८१ आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा योजना छनोट गर्दा मन्त्रीहरुले सरकारको निर्देशन नटेरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिएका छन्।३ करोड भन्दा तलका आयोजनाहरु संघले नहेर्ने यसअघि नै प्रधानमन्त्री प्रचण्डले उद्घोष गरेका थिए। तर बजेटमा ती आयोजनाहरु पनि संघ अन्तर्गतले नै हेर्ने गरी राखिएपछि प्रधानमन्त्री असन्तुष्ट बनेका हुन्।

प्रधानमन्त्रीलाई सांसदकाे प्रश्नः आफ्नो क्षेत्रमा बजेट र योजना लैजान मन्त्री नै बन्नुपर्ने हो? बिहीबार, असार ६, २०८१ सांसदहरुले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा एमालेका सांसद ठाकुर गैरेले आफ्नो निर्वाचन क्षेत्रमा बजेट लैजान मन्त्री नै हुनुपर्ने हो? भन्दै प्रश्न गरे। ‘प्रधानमन्त्रीज्यू आफ्नो जिल्लामा आम जनताले चाहे जस्तो विकास योजना र बजेट लैजान मन्त्री...

सांसदहरुलाई प्रधानमन्त्रीको जवाफ– म व्यस्त भएर संसद् नआएको हो, भागेको होइन बिहीबार, असार ६, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू व्यस्तताको कारण आफू संसद्मा नियमित रुपमा उपस्थित हुन नसकेको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। उनले आफूले भारत भ्रमणका विषयमा सभामुखमार्फत् संसद्मा जानकारी गराउन आग्रह गरेको समेत बताए। यसअघिको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी, अन्य प्रतिपक्षी र...

‘अब राती बुढी ताती’ शब्दले संसद्मा हंगामा बिहीबार, असार ६, २०८१ प्रतिनिधि सभामा सांसदले असंसदीय भाषा प्रयोग गरेको भन्दै हंगामा भएको छ। आज बसेको प्रतिनिधि सभाको शून्य समयमा नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले बोलेका शब्दमाथि अरु सांसदले आपत्ति जनाएपछि संसद्को रेकर्डबाट हटाइएको हो। थापाले आफ्नो गृहजिल्ला प्यूठानको गर्मीनी–जामुन सडकखण्ड पहिरोका कारण बन्द भएको बताए। साथै वर्षेनी उक्त सडकमा माथिबाट पहिरो खस्ने...

बागमती प्रदेशसभामा आजदेखि बजेटमा छलफल बिहीबार, असार ६, २०८१ आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर बिहीबार, असार ६, २०८१ प्रतिनिधि सभा बैठक बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग प्रश्नोत्तर हुँदैछ।