News Griha :: न्यूजगृह
संसद् सचिवालयका कर्मचारीहरुको असहयोगपछि प्रतिनिधि सभा बैठक स्थगित 
संसद् सचिवालयका कर्मचारीहरुको असहयोगपछि प्रतिनिधि सभा बैठक स्थगित  संघीय संसद् सचिवालयका कर्मचारीहरुको असहयोगका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ। विभिन्न ११ बुँदे माग राखेर संसद् सचिवालयका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन्। तर सभामुखले त्यसको वेबस्ता गर्दै बैठक सञ्चालन गर्दै आइरहेका थिए।आज बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयबारे बजेटमा उठेका प्रश्नहरुको...
कर्णाली प्रदेश सभा बैठकमा कांग्रेसको अवरोध 
कर्णाली प्रदेश सभा बैठकमा कांग्रेसको अवरोध  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।कर्णाली प्रदेशसभाको आजको बैठकको सुरुमा नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने धारणा राखे। कांग्रेसको धारणापछि जवाफका लागि आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी रोष्टममा पुग्ने बित्तिकै...
कांग्रेस प्रमुख सचेतक भन्छन्– बजेटको मुलमर्ममा नै त्रुटी देखियो, ‘रिराइट’ गर्नुपर्छ 
कांग्रेस प्रमुख सचेतक भन्छन्– बजेटको मुलमर्ममा नै त्रुटी देखियो, ‘रिराइट’ गर्नुपर्छ  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटको मूल मर्ममा नै त्रुटी रहेको टिप्पणी गरेका छन्।  बजेट कसले पायो पाएन भन्ने भन्दा पनि मुल मर्ममा नै त्रुटी रहेको तर त्यसमा प्रतिपक्ष मौन रहेको समेत बताए। बुधबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिएका लेखकले पत्रकारहरुसँग बोल्दै सो कुरा बताएका हुन्। ...
कांग्रेसले बोलायो संसदीय दलको बैठक
कांग्रेसले बोलायो संसदीय दलको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ।
नीति तथा कार्यक्रम अनुसार बजेट नआएको भन्दै कोशी प्रदेश सभामा अवरोध
नीति तथा कार्यक्रम अनुसार बजेट नआएको भन्दै कोशी प्रदेश सभामा अवरोध कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको आजको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन।    कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष २०८१–८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्य सूची थियो। 
सहकारी ठगी प्रकरणः संसदीय छानबिन समितिले गर्‍यो कानुनी परामर्श
सहकारी ठगी प्रकरणः संसदीय छानबिन समितिले गर्‍यो कानुनी परामर्श सहकारीको बचत रकम अपचलनका विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले कानुनी परामर्श गरेको छ।  यसअघि मंगलबार समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभाग लगायत सम्बन्धित पक्षसँग परामर्श गरेको थियो। आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायत सरोकारवालासँग छलफल गरेको हो। 
रामहरिको प्रश्नः पार्टी सदस्यता नविकरण गरेर पूर्व राष्ट्रपतिले राज्यबाट सुविधा लिन मिल्छ?  
रामहरिको प्रश्नः पार्टी सदस्यता नविकरण गरेर पूर्व राष्ट्रपतिले राज्यबाट सुविधा लिन मिल्छ?   पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता र पार्टी सदस्यता नविकरणबारे संसद्मा प्रश्न उठेको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले भण्डारीको पार्टी सदस्यता नविकरण भएको भन्दै प्रश्न उठाएका हुन्। 
रघुजीको प्रस्तावः नेपाल–भारत सीमामा काँडेतार लगाऔैँ, पासपोर्ट सिस्टममा जानेबारे सोचौँ  
रघुजीको प्रस्तावः नेपाल–भारत सीमामा काँडेतार लगाऔैँ, पासपोर्ट सिस्टममा जानेबारे सोचौँ   तराईका जिल्लाहरुमा हत्या हिंसासम्बन्धी घटना बढेपछि त्यसको निराकारणका लागि भारतसँगको खुला सीमामा कडाइ गर्नुपर्ने आवाज उठेको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तराईमा पारी (भारत) बाट आएका व्यक्तिहरु हत्या हिंसामा संलग्न रहने गरेको भन्दै त्यसको निराकरणमा ध्यान दिन आग्रह गरे।उनले अहिले तत्कालै पासपोर्ट सिस्टममा...
कवाड व्यवसायीको आन्दोलनबारे संसद्मा कुरा उठ्यो, घाइतेको निःशुल्क उपचार गर्न माग
कवाड व्यवसायीको आन्दोलनबारे संसद्मा कुरा उठ्यो, घाइतेको निःशुल्क उपचार गर्न माग  प्रतिनिधि सभाको बैठकमा आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सांसदहरुले माग गरेका छन्। 
दूध किसानको भुक्तानी तत्काल गरियोस्, पक्राउ गर्ने कदम सैह्य भएनः एमाले 
दूध किसानको भुक्तानी तत्काल गरियोस्, पक्राउ गर्ने कदम सैह्य भएनः एमाले  सत्तारुढ दल नेकपा एमालेले लामो समयदेखि दूधको भुक्तानी नपाएका किसानहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। बुधबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले दूधको भुक्तानी माग गर्दै आन्दोलनरत किसानहरुको रिहाइको समेत माग गरे। लामो समयदेखि दूधको भुक्तानी नपाएपछि आजबाट देशभरबाट आएका धेरै किसानहरुले आन्दोलन...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत
राष्ट्रपति पौडेल स्वदेश फिर्ता, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन्।उनी बुधबार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेका हुन्।
राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै, भ्रमण उपलब्धिमूलक  
राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै, भ्रमण उपलब्धिमूलक   राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किँदैछन् । मंगलबार बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए ।
Weather Update