News Griha :: न्यूजगृह
रामहरिको प्रश्नः पार्टी सदस्यता नविकरण गरेर पूर्व राष्ट्रपतिले राज्यबाट सुविधा लिन मिल्छ?  

काठमाडौं— पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता र पार्टी सदस्यता नविकरणबारे संसद्मा प्रश्न उठेको छ। 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले भण्डारीको पार्टी सदस्यता नविकरण भएको भन्दै प्रश्न उठाएका हुन्। 

उनले नेकपा एमालेको पूर्व नेतृ समेत रहेकी भण्डारीले पुनः सदस्यता नविकरण गरेमा पूर्व राष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ की मिल्दैन? भन्दै प्रश्न गरे। 

‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो । सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन?,’ उनले भने। 

त्यस्तै त्यस विषयमा बनाएको धारणा र चाल्ने कदमबारे समेत जवाफ माग गरेका छन्। 

राष्ट्रपतिबाट बिदा भएकी भण्डारीको राजनीतिक सक्रियता बढिरहेको आशंका गरिएको छ। एमालेका कार्यक्रमहरुमा उनको सक्रिय भूमिकाका कारण उनले सदस्यता नविकरण गरेर पुनः राजनीतिमा आउने होकी भन्ने आशंकाहरु बाहिरिन थालेको छ। त्यसो त एमाले प्रचार विभागका सचिव माधव ढुंगेलले भने भण्डारीले पार्टी सदस्यता नविकरण नगरेको बताएका छन्। 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १४:१२
Weather Update