News Griha :: न्यूजगृह
कांग्रेस प्रमुख सचेतक भन्छन्– बजेटको मुलमर्ममा नै त्रुटी देखियो, ‘रिराइट’ गर्नुपर्छ 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटको मुलमर्ममा नै त्रुटी रहेको टिप्पणी गरेका छन्। 

 बजेट कसले पायो पाएन भन्ने भन्दा पनि मुल मर्ममा नै त्रुटी रहेको तर त्यसमा प्रतिपक्ष मौन रहेको समेत बताए। 

बुधबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिएका लेखकले पत्रकारहरुसँग बोल्दै सो कुरा बताएका हुन्। 

त्यस्तै प्रमुख सचेतक लेखकले सत्ता पक्षकै सांसदहरुले बजेटमा त्रुटी देखाएर पुनर्लेखन गर्न माग गरे। 

‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटी भयो। मन्त्रीजीहरूले आफ्नो–आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो। यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो,’ लेखकले भने, प्रतिपक्ष त झन् संयमित छ, सत्तापक्षको स्थिति जुन देखिएको छ, यसले वास्तवमा प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनुपर्छ,’ उनले भने।  

त्यस्तै मन्त्रालयगत विनियोजनमाथि आपत्ति जनाउँदै सांसदले बजेट पुस्तिका नै च्यात्ने स्थिती आउनु सामान्य कुरा नभएको बताए। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विरोध जनाउँदै च्यातेका थिए। 

बजेटबारे प्रतिपक्षी मात्रै होइन सत्ता पक्षकै सांसद र शीर्ष नेताहरुले आपत्ति जनाइरहेका छन्। 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १७:२१
Weather Update