बागमती प्रदेशसभामा आजदेखि बजेटमा छलफल

मकवानपुर— बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।
आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।
असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका छन्।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ १०:०४