प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा
-1715770493.jpg)
काठमाडौं— सत्ता समीकरण दलका तीन शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताबीच भेटवार्ता भएको हो। बैठकमा सत्ता समीकरणमा देखिएको असमझदारी मेटाउने विषयमा छलफल भएको स्रोतको दाबी छ।
पछिल्लो समयमा बजेटका विषयमा सत्ता समीकरण दल खासगरी एमाले र रास्वपाका नेताहरूले सार्वजनिकरूपमै आलोचना गरिरहेका छन् ।
उनीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो किसिमले बजेट विनियोजन गरेको आरोप लगाएपछि सत्ता समीकरणकै भविष्यमा प्रश्न उठ्न थालेको बेला यस भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ २०:३२