News Griha :: न्यूजगृह
संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन 

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पास नहुन्जेलसम्म संसद् बैठकमा अनिवार्य उपस्थित आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। 

आज दिउँसो संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्देशन दिएको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट निर्णयार्थ प्रस्तुत नहुँदासम्म नियमित रुपमा बैठकमा उपस्थित हुन भनिएको हो। 

‘आगामी आर्थिक वर्षको २०८१–८२ को विनियोजित विधेयक बजेट आगामी संसद् बैठकमा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ,’ उनले भने, ‘असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुन्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको छ।’

त्यस्तै बजेटबाट के पोजिसन राख्ने भन्ने निर्णय सोही बेला हुने उनले बताए। 

आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट देशको नभएएर पार्टी गठबन्धनको जस्तो देखिएको भन्दै प्रश्न उठेको थियो। 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:५६
Weather Update