-1716722014.jpg)
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित स्वर्गीय नन्दप्रसाद शिवाकोटीको स्मृतिसभा तथा पुस्तक विमोचन समारोहमा बोल्दै उनले कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको भन्दै फोहोर सफा गर्न ऐनामा लागेको फोहोर मेटेर नहुने बताए।
यस्तै, पार्टीमा ठूलो योगदान पु¥याएका तर स्मरण नगरेको स्वर्गीय नन्दप्रसाद जस्तो पात्र खोज्ने कार्यलाई पार्टीले द्रुत गतिमा अगाडि बढाउँने पनि उनको भनाइ छ।
उनले भने, ‘पार्टीमा ठूलो योगदान गरेको तर कँही न कँहि हामीले स्मरण नगरेको नन्दप्रसाद जस्तो पात्र खोज्ने हामीले निर्णय पनि गरिसकेका छौँ। यसलाई द्रुत गतिमा अगाडि बढाउँछौ। कांग्रेस भित्रको फोहोर हामीले सफा गर्नुपर्ने छ। कांग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति ऐना अगाडि उभिएर ऐनामा लागेको फोहोर मेटेर आफूभित्र लागेको दागहरु सफा हुँदैन।’
उनले कांग्रेस भित्र रहेको जोस र जाँगरका कारणले मात्र देशमा परिवर्तन सम्भव भएको दाबी गरे।