प्रचण्डले ओली र देउवालाई बोलाए बालुवाटार

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन्।
बिहीबार (आज) अपरान्ह प्रचण्डले छलफलका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन्।
केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेतात्रयबीच छलफल हुने बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले विचाराधीश अवस्थामा रहेको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी (टीआरसी) विधेयक लगायत समसामयिक विषयमा छलफल गर्न लागेका हुन्।
आजको बैठकमा संसद्को कामकारबाहीलाई थप चलायमान बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ १६:१०