-1719399450.jpg)
काठमाडौं— एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी महाधिवेशनमा अध्यक्षका लागि आफ्नो दाबी कायमै रहेको बताएका छन्।
यसअघि बुधबार पार्टी महासचिव घनश्याम भुसाललाई अध्यक्षमा सघाउन तयार रहेको खबरहरु बाहिरिएका थिए। त्यसो त हिजो खनाल निवास डल्लुमा भएको भेटमा दुवै नेताहरुले हात मिलाएको तस्बिर सार्वजनिक भएको र अध्यक्षबाट खनाल ब्याक भएको भुसालले सचिवालयले जनाएको थियो। तर आज खनालले आफ्नो नाममा सहमति हुनुपर्ने दाबी गरे।
पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने, ‘मेरो नाममा सहमति किन नहुँनु? नहुनुपर्ने केही कारण छ?’
त्यस्तै सोही क्रममा सञ्चारकर्र्मीहरुले हिजोको बैठकपछि भुसाललाई अध्यक्षमा सघाउन लागेको हो भन्ने प्रश्न गरेको थिए। सो प्रश्नमा उनले भने, ‘होइन। मेरो दाबी जारी छ।’
नेकपा एकीकृत समाजवादीको १०औँ महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनमा आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल स्वयं मैदानमा उत्रिने तयारी गरेका छन्। त्यस्तै उनीसँग खनाल र भुसाल मैदानमा उत्रिने तयारी गरेका छन्।