महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठकले बोलाएको छ।
असार १९ गते बुधबार बिहान ८ बजेका निम्ति बोलाइएको बैठकमा महामन्त्रीको समीक्षा प्रतिवेदनबारे छलफल हुनेछ।
बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको छ।
बुधबारमात्र रास्वपा महामन्त्री मुकुल ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।
प्रतिवेदनमा उनले पार्टीको निर्मम समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ २१:२८