News Griha :: न्यूजगृह
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं— प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दै छ। बैठक बिहान ११ बजे  सुरु हुनेछ। 

बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची पनि छ। 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०६:४०
Weather Update