-1719491121.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा बैठक बसेको छ।
बैठकमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरु सहभागी रहेका छन्।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित तीन दलका शीर्ष नेताहरु रहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, र कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन्। त्यस्तै कांग्रेस नेता कृष्ण सिटौलाका साथसाथै पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारसमेत सहभागी छन्।
साथै बैठकमा तीनै दलका दोस्रो तहका नेताहरु समेत रहेका छन्। बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायतका नेताहरु सहभागी रहेका छन्।
आजको बैठकमा विचाराधीन अवस्थामा रहेको सत्यनिरुपण तथा मेलमिलाप (टीआरसी) विधेयकका विषयमा छलफल हुने बुझिाएको छ। साथै समसामयिक राजनीतिका विषयमा समेत बालुवाटार बैठकमा छलफल हुने बताइएको छ।