संविधान शंसोधनका लागि वौद्धिक बहस सुरुशनिबार, असार १५, २०८१

रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण शुक्रबार, असार १४, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।महामन्त्री ढकालले पेस गरेको प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो।
-1719582814.jpg)
माधव नेपाल भन्छन्– विद्रोह नगरेको भए अहिले गल्लीमा भौतारिरहेको हुन्थ्यौँ शुक्रबार, असार १४, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान जोगाउन विद्रोहबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन्। आज ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रममा उनले विद्रोह गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन र कम्युनिष्ट आन्दोलनलाई जोगाउन विद्रोहबाहेक विकल्प नभएको बताएका हुन्।
-1719581690.jpg)
तत्काल वाम एकताको सम्भावना छ? यसो भन्छन् प्रचण्ड शुक्रबार, असार १४, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अहिले हतार गरेर पार्टी एकता तथा वाम एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार अपरान्ह भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन्। उनले पहिले धेरै उत्साहका साथ पार्टी एकता भए पनि दुर्घटनामा परेको स्मरण गर्दै...

पूर्व राष्ट्रपति भण्डारीको खुलासाः शीतल निवासबाट नेकपा विभाजन रोक्ने प्रयास सफल भएन शुक्रबार, असार १४, २०८१ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन रोक्ने प्रयास गरेपनि आफू सफल हुन नसकेको खुलासा गरेकी छिन्। २०७७ सालमा नेकपा विभाजन हुँदा राष्ट्रपतीय भूमिकामा रहेकी भण्डारीले आफूले नेकपा विभाजन रोक्न रोजे पनि नसकेको बताइन्। शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा खुलाएकी...

ओली भन्छन्– राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको छ शुक्रबार, असार १४, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको बताएका छन्। शुक्रबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको भन्दै नेकपा एमाले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अवस्थामा पुगेको दाबी गरे।
-1719572121.jpg)
एकीकृत समाजवादीमा अध्यक्षका लागि रस्साकस्सी, खनाल–भुसाल भेटले थप तरंग शुक्रबार, असार १४, २०८१ नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो १०औँ महाधिवेशनको तयारीमा छ। एमालेबाट छुट्टिएर पहिलोपटक नेतृत्व चयन गर्न लागेको एकीकृत समाजवादीमा अबको नेतृत्व कसले गर्ने भन्ने विषय पेचिलो बन्दै गइरहेको छ। अध्यक्षमा भइरहेको रस्साकस्सीबीच झलनाथ खनाल र घनश्याम भुसालबीचको भेट र हात मिलाएको तस्बिरले एसभित्रको राजनीतिमा हलचल नै ल्याइदिएको छ।

सांसद पौडेलको प्रश्नः एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भयो? शुक्रबार, असार १४, २०८१ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन्।

चौतर्फी आलोचनापछि गण्डकी प्रदेशसभामा फणीन्द्रले पाए प्रवेश शुक्रबार, असार १४, २०८१ गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा प्रदेश सभा बैठकमा सहभागी भएका छन्। यसअघि बिहीबारको बैठकमा उनलाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको थियो। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीको कारबाहीमा परेका देवकोटाले सर्वोच्चबाट कारबाही नहुने आदेश पाए पनि हिजो प्रदेश सभा प्रवेशमा रोक लगाइएको थियो। तर चौतर्फी रुपमा त्यसको विरोध...

टेरामक्स प्रकरणबारे आफ्नो बचाउ गर्दै मोहन बस्नेतले भने– समय आएपछि जवाफ दिन्छु शुक्रबार, असार १४, २०८१ नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स घोटला प्रकरणमा आफू नमुछिएको भन्दै बचाउ गरेका छन्। टेरामक्सको भ्रष्टाचार काण्डमा उनीसहित केही कांग्रेस सांसद मुछिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने तयारीको चर्चा चलिरहेका बेला उनले आफ्नो बचाउ गरे। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्री समेत रहेका बस्नेतले संसद्मा त्यसको...

बालेन र वडाध्यक्षको टकराबले काठमाडौं महानगरको नगरसभा बैठक स्थगित शुक्रबार, असार १४, २०८१ काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ।गत सोमबार महानगरले ल्याएको नीति तथा कार्यक्रमबारे आजबाट छलफलका लागि मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभा बैठक बोलाएका थिए। तर राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि र स्वतन्त्र रुपमा निर्वाचित बालेनबीच मतभेद हुँदा नगरसभा बैठक स्थगित भएको हो।

मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने शुक्रबार, असार १४, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी असार २१ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्।मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन्। डा. सिके राउत नेतृत्वको जनमतका प्रदेश सभा सदस्य सिंह गत जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनेबारे के गर्दैछ निर्वाचन आयोग? शुक्रबार, असार १४, २०८१ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताएका छन्।