News Griha :: न्यूजगृह
तत्काल वाम एकताको सम्भावना छ? यसो भन्छन् प्रचण्ड 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अहिले हतार गरेर पार्टी एकता तथा वाम एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार अपरान्ह भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन्। 

उनले पहिले धेरै उत्साहका साथ पार्टी एकता भए पनि दुर्घटनामा परेको स्मरण गर्दै उनले अहिले तत्कालै हतारमा एकताको पक्षमा नरहेको स्पष्ट पारे। 

‘हामी अहिले तत्काल र हतारमा वामपन्थी एकता, पार्टी एकता गर्ने पक्षमा छैनौँ। विगतमा धेरै राम्रो उत्साह आएर पनि दुर्घटना भयो। अहिले पार्टी एकता वाम एकता भन्ने कुरा भन्दा राजनीतिक स्थायित्वलार्ई लोकतन्त्रको सुदृढिकरणका लागि जोड दिँदै जाने र राम्रो सहकार्र्य गरेर जाँदा परिणाम जनताले नै देख्ने गरी हुन्छ,’ उनले भने। 

त्यस्तै चितवन लगायत देशभरका दूध किसानहरुले भुक्तानी नपाएको विषयमा आफूहरु गम्भीर रहेको र त्यसका लागि काम थालिएको समेत बताए। साथै चितवनका किसानहरुको केराको बीमाका विषयमा मन्त्रालयले काम अघि बढाएको बताए। 

फरक प्रशंगमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले मन्त्रीहरुले आफ्नो स्पीरिट अनुसार काम गर्न नसकेको बताए। यसअघि संसद् बैठकमा नै मन्त्रीहरुले आफ्नो निर्देशन नटेरेको बताएका उनले मन्त्रालयगत जटिलताका कारण मन्त्रीहरुले भने अनुसारको काम गर्न नसकेको बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १९:१९
Weather Update