रास्वपाको केन्द्रीय समिति बैठक बुधबार, बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्तावआइतबार, असार १६, २०८१

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता आइतबार, असार १६, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।दुई नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो। दुई नेताबीच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ।

गण्डकीमा फणीन्द्र देवकोटा फेरि ऊर्जामन्त्री नियुक्त आइतबार, असार १६, २०८१ सर्वोच्चबाट मुद्दा जितेर प्रदेशसभा छिरेका नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटा पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै मन्त्रालयको जिम्मेबारी दिएका हुन् । देवकोटाले शपथ पनि लिइसकेका छन् ।गत जेठ २८ गते देवकोटालाई मुख्यमन्त्री पाण्डेले मन्त्री बनाएका थिए। माओवादी...

गण्डकीमा फेरि मन्त्री बन्दै फणीन्द्र, शपथ आजै आइतबार, असार १६, २०८१ सर्वोच्चबाट मुद्दा जितेर प्रदेशसभा छिरेका नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटा आइतबार गण्डकी प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुँदै छन्।देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेर शपथ खुवाउने तयारी गरेका छन्।

राष्ट्रियसभा अध्यक्षको आग्रह– ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’ आइतबार, असार १६, २०८१ संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिएका छन्। संसद् दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व...

कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड आइतबार, असार १६, २०८१ सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन्। संसद् दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका हुन्। संसद् अविच्छिन्न...

आज संसद् दिवस, बलियो संसद् लोकतन्त्रको आधारशीला आइतबार, असार १६, २०८१ आज संसद् दिवस। अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन।मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो। मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस...

प्रतिनिधिसभा बैठक बस्दै आइतबार, असार १६, २०८१ बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आजदेखि आइतबार, असार १६, २०८१ नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ। असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय, भोलि शपथ शनिबार, असार १५, २०८१ सर्वोच्च अदालतले प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटा फेरि मन्त्री बन्ने भएका छन्।आइतबार बिहान साढे १० बजे उनले पद तथा गोपनीयताको शपथ लिने तयारी छ।

संविधान अपुरो हुनुमा माओवादी सरकार जिम्मेवार : भट्टराई शनिबार, असार १५, २०८१ नेपाल समाजवादी पार्टी नेसपा अध्यक्ष बाबुराम भट्टराईले तत्कालीन माओवादी सरकारले संविधान बनाउन नसक्दा संविधान अपुरो भएको टिप्पणी गरेका छन्।शनिबार काडमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले अपुरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलता आएको बताएका छन्।

देउवा र ओलीबीच भेटवार्ता, के विषयमा भयो कुराकानी? शनिबार, असार १५, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन भोलिदेखि शनिबार, असार १५, २०८१ नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ।