News Griha :: न्यूजगृह
गण्डकीमा फेरि मन्त्री बन्दै फणीन्द्र, शपथ आजै

काठमाडौं— सर्वोच्चबाट मुद्दा जितेर प्रदेशसभा छिरेका नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटा आइतबार गण्डकी प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुँदै छन्।

देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेर शपथ खुवाउने तयारी गरेका छन्।

गत जेठ २८ गते देवकोटालाई मुख्यमन्त्री पाण्डेले मन्त्री बनाएका थिए। माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो।

माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले जेठ ३२ गते देवकोटा पदमुक्त गरेका थिए। माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्च पुगे। सर्वोच्चले देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न दिन आदेश दियो। 

देवकोटालाई आइतबार बिहान साढे १० बजे मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री पाण्डेको छ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०९:३३
Weather Update