News Griha :: न्यूजगृह
देउवा र ओलीबीच भेटवार्ता, के विषयमा भयो कुराकानी? 
फाइल तस्बिर।

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए।

उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ।

उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन।

यद्यपि दुई ठूला दलहरुबीच संवाद सुरु भएको अर्थमा बुझ्नुपर्ने नेताहरुले बताएका छन्।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १९:४३
Weather Update