News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता 
फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

दुई नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो। दुई नेताबीच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ।

यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएपछि राजनीतिक वृत्त तरंगित छ। हालको सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:१९
Weather Update