प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धन दलहरूको बैठक, एजेण्डा मन्त्रिपरिषद् हेरफेरसोमबार, असार १७, २०८१

कांग्रेस पदाधिकारी बैठक आज सोमबार, असार १७, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपरान्ह पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाएका हुन्।

विप्लव भन्छन्– विश्वका ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको छ आइतबार, असार १६, २०८१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल स्रोत साधन र सुन्दरताले भरिपूर्ण रहेकाले विश्वका सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीलाई ओलीको सुझाव : सानातिना नियुक्ति र सरुवा-बढुवातिर नलाग्नुहोस् आइतबार, असार १६, २०८१ सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताए। आइतबार काठमाडौंमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको ‘समृद्धिको आधार : सम्मानित किसान र कृषिमा रुपान्तरण नीति’ सम्वाद कार्यक्रममा उनले प्रधानमन्त्रीलाई सानातिना नियुक्ति, सरुवा, बढुवातिर नअल्झिन सुझाव दिएका हुन्। नीतिगत सुधारका लागि ठोस...

ओलीको फोन १० पटक नउठेपछि माधव नेपालले पठाए म्यासेज आइतबार, असार १६, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीन वर्षको घाउ अझै आलो भएकै कारण एमालेका अध्यक्ष केपी ओली महाधिवेशनमा नआएको टिप्पणी गरेका छन्।
-1719747468.jpg)
प्रचण्डलाई माधवको सुझाव– ख्याल गर्नुस्, संसद् विघटन ठिक छ भन्नेले भोलि फेरि गर्दिएलान् आइतबार, असार १६, २०८१ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन सही प्रमाणित गर्न एमाले लागेको आरोप लगाएका छन्। उनको दल एकीकृत समाजवादीको १० औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी रहेको कार्यक्रममा उनले संसद् विघटनबारे कसैले उक्साउला भन्दै सतर्क समेत गराएका छन्।...
-1719746432.jpg)
झलनाथको दाबी– एमालेले लगाउने ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा मेरो हो आइतबार, असार १६, २०८१ नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गरेका छन्। हाल एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको नारा आफ्नो भएको जिकिर गरेका हुन्।

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोहमा गएन एमाले आइतबार, असार १६, २०८१ काठमाडौंमा आइतबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका नेताहरु अनुपस्थित भएका छन्। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश दलका शीर्ष नेताहरु सहभागी भएपनि एमालेका नेताहरु कार्यक्रममा देखिएनन्।
-1719744430.jpg)
शीर्ष नेताहरुलाई रविको प्रश्नः देश बनाउने सहमती गर्न तपाईँहरुलाई कसले रोक्यो? आइतबार, असार १६, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देश निर्माणका लागि शीर्ष नेताहरुले चासो नदेखाएको भन्दै कटाक्ष गरेका छन्। उनले देश बनाउने विषयमा सहमती गर्ने विषयमा कसले नेताहरुलाई रोकेको भन्दै प्रश्न समेत गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा सो प्रश्न गरेका हुन्।
-1719742910.jpg)
प्रचण्ड भन्छन्– माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउने अभियानमा छौँ आइतबार, असार १६, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र आफ्नो पार्टी मााओवादी केन्द्रलाई एकै पार्टी बनाउने अभियानमा रहेको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीको १०आँै राष्ट्रिय महाधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्दै सो कुरा बताएका हुन्।

देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आइतबार, असार १६, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। सोमबार लागि सभापति देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन्। शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भोलिको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ।

देउवा–ओली भेटले माओवादी केन्द्रमा तरंग आइतबार, असार १६, २०८१ शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटले राजनीति तरंगित बनेको छ। अहिले संसद्को सत्तापक्षको बेन्चमा बसेका ओली र प्रमुख प्रतिपक्षीको बेन्चमा बसेका छन् देउवा। बेला बेला ओली–देउवाबीच घोचपेच समेत चलिरहन्छ।यसैबीच पूर्व प्रधानमन्त्री समेत रहेका नेताद्वयबीचको भेटले सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रभित्र भने...

भागबण्डा मिलाउन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले फुटाए ४ मन्त्रालय आइतबार, असार १६, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेशका ४ मन्त्रालय फुटाएका छन्। मुख्यमन्त्री सोडारीले प्रदेशको सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय, र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएका हुन्।