कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपरान्ह पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाएका हुन्।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ ०६:२४