News Griha :: न्यूजगृह
भागबण्डा मिलाउन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले फुटाए ४ मन्त्रालय 

काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेशका ४ मन्त्रालय फुटाएका छन्। 

मुख्यमन्त्री सोडारीले प्रदेशको सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय, र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएका हुन्। 

मुख्यमन्त्री सोडारीेले राजनीतिक भागबण्डा मिलाउनका लागि मन्त्रालय फुटाएर बिनाविभागीय मन्त्रीहरुलार्ई जिम्मेवारी दिएका हुन्।  

मुख्यमन्त्री सोडारीले भौतिक विकास पूर्वाधार मन्त्रालयलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाएका छन्।  

त्यस्तै सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयका हुन्।  

त्यस्तै फुटाइएको ४ मन्त्रालय मध्ये उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ। 

साथै वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ।  

नयाँ फुटाइएको मन्त्रालयको जिम्मेवारी समेत बाँडफाँट गरिएको छ। जसअनुसार नेकपा एमालेका वीरबहादुर थापालाई वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा एकीकृत समाजवादीकी माया पन्तलाई उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको हो। 

यसैगरी मुख्यमन्त्री सोडारीले नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावललाई जलस्रोत तथा शहरी विकास मन्त्रालय र लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। यता माओवादी केन्द्रबाट मन्त्री बनेका ओमविक्रम भाटले स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

यता नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरुलाई पनि जिम्मेवारी तोकिएको छ। जसमा नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:४७
Weather Update