News Griha :: न्यूजगृह
शीर्ष नेताहरुलाई रविको प्रश्नः देश बनाउने सहमती गर्न तपाईँहरुलाई कसले रोक्यो? 

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देश निर्माणका लागि शीर्ष नेताहरुले चासो नदेखाएको भन्दै कटाक्ष गरेका छन्। उनले देश बनाउने विषयमा सहमती गर्ने विषयमा कसले नेताहरुलाई रोकेको भन्दै प्रश्न समेत गरे।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा सो प्रश्न गरेका हुन्। 

उनले भने, ‘आज यो हलमा एमाले बाहेकका सबै शीर्ष नेताहरु हुनुहुन्छ। यो नेताहरुलाई देश बनाउन कसले रोक्छ? देश बनाउने राष्ट्रिय सहमति गर्न के मा सहमति गर्ने हो? बुँदा बुँदामा सहमति गरौं अनि त्यसपछि नपुगेको खण्डमा संविधान हेर्नुपर्ने हो कि शासकीय स्वरुप हेर्नुपर्ने हो कि हेरौंला? तर, हामीलाई कसैले रोकेको छैन।’

त्यस्तै उनले सधैँ लोकतन्त्र खतरामा छ भनेर नेताहरुले ज नतालाई गुमराहमा राख्ने गरेको समेत बताए। साथै सधैँ हामी अफ्ठ्यारो अवस्थामा रहेका छाैँ भनेर मात्रै आगामी दिनमा देश निर्माण हुन नसक्ने उनले बताए। 

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कम्युनिष्ट शक्तिहरु एक हुन नसक्नुमा तल्लो तहको हात नरहेको माथिल्लो तहका नेताहरुले चाहेमा सजिलै सबै मिल्नसक्नेमा जोड दिए।

आजबाट नेकपा एकीकृत समाजावादीको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। महाधिवेशनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरु कमलादी पुगेका थिए। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:३२
Weather Update