News Griha :: न्यूजगृह
देउवा–ओली भेटले माओवादी केन्द्रमा तरंग
फाइल तस्बिर

काठमाडौं— शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटले राजनीति तरंगित बनेको छ। 

अहिले संसद्को सत्तापक्षको बेन्चमा बसेका ओली र प्रमुख प्रतिपक्षीको बेन्चमा बसेका छन् देउवा। बेला बेला ओली–देउवाबीच घोचपेच समेत चलिरहन्छ।

यसैबीच पूर्व प्रधानमन्त्री समेत रहेका नेताद्वयबीचको भेटले सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रभित्र भने तरंग पैदा भएको हो। भने माओवादीका नेताहरुले त्यसलाई नयाँ समीकरण बन्न लागेको त होइन? भन्ने आशंकाका रुपमा हेरेका छन्। 

यसैबीच आजै प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष ओलीबीच भेटघाट भएको छ।  

देउवा ओली निवास बालकोट नै पुगेर ओलीलाई भेटेपछि त्यसबारे जानकारी लिन र अन्य सरकार सञ्चालन लगायतका विषयमा छलफलका लागि प्रचण्डले छलफल गरेका हुन्। 

शनिबारको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो। त्यतिमात्र नभएर देउवाले वर्तमान सरकारले जनताका सवालमा काम गर्न नसकेको भन्दै नयाँ समीकरणका लागि कांग्रेस तयार रहेको भन्ने सन्देश दिएको समेत स्रोतका दाबी रहेको छ। 

सरकारको कामकारबाही र बजेटका विषयलाई लिएर सत्तारुढ दल एमालेका सांसदहरुले नै आपत्ति जनाइरहेका बेला भएको भेटबारे कांग्रेस एमाले मिलेर सरकार बनाउन लागेका त होइनन्? भन्ने आशंका समेत उत्पन्न भएको छ। यसैबीच कांग्रेसका कतिपय नेताहरु एमाले र कांग्रेस मिलेर देशलाई अगाडि बढाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला देउवा र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यता ओली–देउवाको भेट भएपछि प्रधानमन्त्री प्रचण्डले ओलीलाई टेलिफोन गरि भेटवार्ताका विषयमा चासो राखेका थिए। आजको भेटमा प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल पुनर्गठन र समसामयिक विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। 

सत्ता गठबन्धनले राष्ट्रपति विदेश भ्रमणमा गएको र बजेट पारित हुन बाँकी रहेको भन्दै सरकारका मन्त्री हेरफेर गर्ने तयारी रोकेको थियो। बजेट पारित भएकाले सरकारमा जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गर्ने बताइरहे पनि अहिलेसम्म टुंगो लाग्न भने सकिरहेको छैन। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:३१
Weather Update