देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।
सोमबार लागि सभापति देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भोलिको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ।
तर कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने संसद्का गतिविधि, भातृ संगठनको पूर्र्णता लगायत विषयमा छलफलका लागि बैठक बोलाए। त्यस्तै उनका अनुुसार भोलिका बैठकमा पार्टीका पूर्णता पाउन नसकेका विभागहरुको पूर्णता, केन्द्रीय समितिको बैठक लगायत समसामयिक विषयमा छलफल हुनेछ।
बैठक भोलि दिउँसो ३ बजे देउवाको निजी निवास बूढानिलकण्ठमा बस्नेछ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ १५:१२