News Griha :: न्यूजगृह
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ८० पुग्यो, २ सय जना घाइते 
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ८० पुग्यो, २ सय जना घाइते  जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर अहिलेसम्म ८० जनाको मृत्यु भएको प्रहरी पुष्टि गरेको छ । त्यस्तै, भूकम्पमा परी २ सय जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको मृत्यु भएको पुष्टि...
भूकम्प अपडेट : रुकुम पश्चिममा ३५ जनाको मृत्यु, ५३ जना घाइते
भूकम्प अपडेट : रुकुम पश्चिममा ३५ जनाको मृत्यु, ५३ जना घाइते शुक्रबार राति गएको भुकम्पमा परी अहिलेसम्म रुकुमपश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा सात जनागरि ३५ जनाको मृत्यु भएको हो ।
जाजरकोटमा लगातार भूकम्पको धक्का
जाजरकोटमा लगातार भूकम्पको धक्का शुक्रबार राति जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठुला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो ।
शक्तिशाली भूकम्प : जाजरकोट र रुकुम पश्चिममा गरी ६५ जनाको मृत्यु
शक्तिशाली भूकम्प : जाजरकोट र रुकुम पश्चिममा गरी ६५ जनाको मृत्यु जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।​ यस्तै, रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन् ।
भूकम्पमा परी जाजरकोटमा ३४ जनाको मृत्यु, १०० बढी घाइते 
भूकम्पमा परी जाजरकोटमा ३४ जनाको मृत्यु, १०० बढी घाइते  भूकम्पबाट जिल्लाका पाँच वटै पालिका प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार अहिलेसम्म ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण संकलन भइरहेको उनले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै नलगाढ नगरपालिका प्रभावित भएको छ ।
भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर मुनि, चार घण्टामा ४ रेक्टर स्केल माथिका तीनवटा परकम्प
भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर मुनि, चार घण्टामा ४ रेक्टर स्केल माथिका तीनवटा परकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ रेक्टर स्केलभन्दा माथिका तीनवटा परकम्प गएका छन् । 
मध्यरातमा रुकुम पश्चिम र जाजरकोटमा भूकम्प, ५० जनाको मृत्यु
मध्यरातमा रुकुम पश्चिम र जाजरकोटमा भूकम्प, ५० जनाको मृत्यु राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । ‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुस भएको थियो । क्षतिको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त...
रिगललाई खोज्दै प्रहरी 
रिगललाई खोज्दै प्रहरी  सर्वोच्च अदालतले बिहीबार रिगललाई पक्राउ गरी थुनामै राख्न परमादेश दिएको थियो । सर्वोच्चले उक्त आदेश दिएपछि रिगलको खोजी सुररु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए । 
रिगललाई दिइएको आममाफी बदर, अझै करीब १२ वर्ष कैद असुलउपर गर्न परमादेश
रिगललाई दिइएको आममाफी बदर, अझै करीब १२ वर्ष कैद असुलउपर गर्न परमादेश अझै ११ वर्ष ११ महिना ५ दिन कैद असुलउपर गर्नका लागि रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी भएको रिट निवेदक पक्षका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।
इम्जा हिमतालमाथि चार फन्को लगाएका थिए गुटेरेसले
इम्जा हिमतालमाथि चार फन्को लगाएका थिए गुटेरेसले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस जब सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमाथि पुगे, उनी चढेको सैनिक हेलिकोप्टरले एउटा विशाल तालमाथि चार फन्को लगायो । अनि बल्ल हेलिकोप्टर आधार शिविरको हेलिप्याडमा उत्रियो, जहाँ सांस्कृतिक पहिरनसहित हिमाली शेर्पाहरु र जनप्रतिनिधि उनको स्वागत गर्न लामबद्ध  थिए ।
Weather Update