News Griha :: न्यूजगृह
मानव अधिकार आयोग 'ए' श्रेणीमै
मानव अधिकार आयोग 'ए' श्रेणीमै नेपालको राष्ट्रिय मानव अधिकार आयोग 'ए' श्रेणीमा कायम रहेको छ । मानव अधिकार आयोगहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले गठन गरेको एक समितिले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो ।
नेपाली पर्वतारोही पाण्डेले गरे माउन्ट किलिमञ्जारोको सफल आरोहण
नेपाली पर्वतारोही पाण्डेले गरे माउन्ट किलिमञ्जारोको सफल आरोहण रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३२ वर्षीय पाण्डेले ताञ्जेनियामा पर्ने ५ हजार ८ सय ९५ मिटर अग्लो सो शिखरको सफल आरोहण गरेका हुन् । स्थानीय समय अनुसार मंगलबार (३१अक्टोबर २०२३) बिहान ६:४० बजे उनले शिखर आरोहण गरेका हुन् ।
तिहारमा पनि चिनी अभाव हुने
तिहारमा पनि चिनी अभाव हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो। 
जलवायु परिवर्तनको चपेटामा मुस्ताङ 
जलवायु परिवर्तनको चपेटामा मुस्ताङ  सरकारले मुस्ताङमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि ५० करोडको कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही कात्तिक १ गते राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जोमसोममा आयोजना गरेको ‘जलवायु संवाद’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतोले सो बजेट उपलब्ध गराउने घोषणा...
चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य
चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य पछिल्लो समय बागलुङमा  नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् । सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ ।
किसानको रोजाइमा किबीखेती
किसानको रोजाइमा किबीखेती किवी एक हजार पाँच सय मिटरदेखि दुई हजार चार मिटरसम्मको उचाइमा खेती गर्न सकिने किसानको भनाइ छ । व्यवसायिक खेतीमा लागेका  किसानलाई सरकारले विषेश कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखेर माटो अनुसारको खेती विस्तारमा ध्यान दिन...
किसानलाई अनुदानमा आलुको बीउ वितरण
किसानलाई अनुदानमा आलुको बीउ वितरण व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरेको छ । आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो ।
बारामा गोली चल्यो, प्रिन्सिपल घाइते  
बारामा गोली चल्यो, प्रिन्सिपल घाइते   मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला सर्राफमाथि कलैया उपमहानगरपालिका— ६ मदर्शा टोलमा दिनदहाडै गोली प्रहार भएको हो । मोटरसाइकलमा सवार तीन जनाको समूहले स्वर्णकारमाथि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बारा प्रहरीले जनाएको छ ।
अरुण तेस्रोको काम २ महिनादेखि अवरुद्ध
अरुण तेस्रोको काम २ महिनादेखि अवरुद्ध खाँदबारी नगरपालिका–४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन् । छयाङ्कुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटकपटक माग गरिए पनि मुआब्जा नपाएपछि पीडित अनिश्चितकालीनरुपमा आन्दोलनमा उत्रिएका हुन् । पीडितहरूले दसैँमा पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
झाडी फाँडेर सामूहिक सुन्तला खेती
झाडी फाँडेर सामूहिक सुन्तला खेती म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छरसात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो ।
कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा...
कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा... दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो ।
Weather Update