News Griha :: न्यूजगृह
अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक
अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक अस्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै विश्वकप क्रिकेट-२०२३ को सेमिफाइनल यात्रा तय गरेको छ । पाँचपल्टको विश्वकप विजेता अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य साहसले भरिएको २ सय १ रन बनाए ।
सर्वदलीय बैठक : शान्ति र संविधानको पक्षमा एकमत
सर्वदलीय बैठक : शान्ति र संविधानको पक्षमा एकमत प्रमुख राजनीतिक दलले, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।सिंहदरबारमा बसेको सर्वदलीय बैठकले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपाधिविरुद्ध जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्ता माथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्ष निकालेको छ । 
जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति [सूचीसहित]
जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति [सूचीसहित] सरकारले गरेको अद्यावधिक विवरणअनुसार भूकम्पले १७ हजार ७९२ वटा घर पूर्ण रूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति पुर्‍याएको हो । जसमा सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएका छन् भने ९९६१ घरमा आंशिक क्षति पुगेको छ। 
१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्
१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन् जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । गत शुक्रबारको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाएकी छन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइ रहन्छिन् । भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् । 
आरती साह प्रकरण : धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाइयो 
आरती साह प्रकरण : धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाइयो  प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ । खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको उपप्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले बताए ।
बर्दीको आडमा लुटपाट, ईसेवामार्फत ‘घुस’, प्रहरीसहित पाँचविरुद्ध डकैती मुद्दा
बर्दीको आडमा लुटपाट, ईसेवामार्फत ‘घुस’, प्रहरीसहित पाँचविरुद्ध डकैती मुद्दा लुटपाटमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल पक्राउ परेका हुन् । उनीहरूले एक महिनाअघि मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेका हुन् । पाँचैजनाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइयो
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइयो एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ ।ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो ‘कङ्क्रिट’ मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी...
जाजरकोट भूकम्प : सरकारले सच्यायो मृतकको संख्या
जाजरकोट भूकम्प : सरकारले सच्यायो मृतकको संख्या जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् । 
भूकम्प पीडितको गुनासो- अहिलेसम्म राहत पाइएको छैन
भूकम्प पीडितको गुनासो- अहिलेसम्म राहत पाइएको छैन आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उनी छन् । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्‍यो ।
भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ९१० वटा भवन पूर्णरूपमा क्षति
भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ९१० वटा भवन पूर्णरूपमा क्षति जाजरकोट र रूकुम पश्चिममा ९१० वटा घर भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको छ । शुक्रबार राति ११ः४७ जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ९१० वटा घर पूर्ण रूपमा क्षति पुगेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।
जाजरकोट र रुकुम पश्चिम शोकमा : राहतको पर्खाइमा भूकम्पपीडित
जाजरकोट र रुकुम पश्चिम शोकमा : राहतको पर्खाइमा भूकम्पपीडित जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो  । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ । प्रहरीको...
भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको १८ घण्टा
भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको १८ घण्टा सचिवालयमा रहेका सहयोगीलाई काठमाडौंमा नै छाडेर प्रधानमन्त्री सीमित सुरक्षाकर्मीका साथ जाजरकोटको मालिका ब्यारेकमा बिहान ८ बज्दा नबज्दै पुगे । आम नेपालीले नियमित काम सुरु नगर्दै प्रधानमन्त्री नेतृत्वको टोली भूकम्प प्रभावितस्थल जाजरकोट पुगिसकेको थियो । केन्द्रबिन्दु नै भएका कारण यसपटकको भूकम्पले सबैभन्दा बढी क्षति जाजरकोटमा नै पुगेको छ । त्यसपछि रुकुम...
Weather Update