मुटुरोग विशेषज्ञ डा.ओममूर्तिद्वारा विश्व रेकर्ड कायमशुक्रबार, कात्तिक २४, २०८०

उपरथी पाण्डेको राजीनामा स्वीकृत शुक्रबार, कात्तिक २४, २०८० नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
-1696254918.jpg)
भ्रष्टाचारीलाई सहयोग गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा शुक्रबार, कात्तिक २४, २०८० उनलाई सहयोग गरेको आरोपमा अख्तियारले जिल्ला शिक्षा कार्यालयका तत्कालीन विद्यालय निरीक्षक बृज किशोर यादव, नेपाल राष्ट्रिय प्राविका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र चेथारु प्रसाद कुर्मी, बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी, क्षेत्रिय शिक्षा निर्देशनालयका कामु निर्देशक दिनेशकुमार श्रेष्ठ र शाखा अधिकृत बेदप्रसाद पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रधानसेनापतिको रोलक्रममा रहेका उपरथी पाण्डेले दिए राजीनामा शुक्रबार, कात्तिक २४, २०८० पाण्डेको नागरिकतामा उमेर सच्याएको उजुरी परेको थियो । सैनिक मुख्यालयले उनको नागरिकतामा जन्म मिति सच्याएको विषयमा छानबिन शुरु गरेपछि उनले राजीनामा दिएका स्रोतले बतायो । वर्तमान प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल सकिएलगत्तै उनी प्रधानसेनापतिको लाइनमा थिए ।

भूकम्प प्रभावित क्षेत्रमा सुत्केरीको बिजोग शुक्रबार, कात्तिक २४, २०८० र्को छोरा वैदेशिक रोजगारीका लागि मलेसिया गएको उतै बिरामी परेर उपचार गराउँदै छन् । उनको तेस्रो बच्चा भए पनि भूकम्पको पीडाले थिलथिलो भएको मीनाको शरीरले सुत्केरी व्यथा धान्न सकिरहेको थिएन । बस्न घर छैन, खान अन्न छैन । वरपर सबैले पाल टाँगेर ओत बनाइसके । उनको परिवार भने सुत्केरी बोकेर...

नातेदार बाटै मुगुमा एकै परिवारको सामूहिक हत्या, घटनाको १३ दिनपछि एक जना पक्राउ शुक्रबार, कात्तिक २४, २०८० मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सामाजिक सञ्जाल सञ्चालकले नेपालमा कार्यालय राख्नुपर्ने बिहीबार, कात्तिक २३, २०८० सरकारले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकलाई नेपालमा कार्यालय राख्न बाध्य पार्ने निर्देशिका ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० लाई स्वीकृति दिएको हो । जसमा सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, युट्युबलगायतले नेपालमा सम्पर्क कार्यालय राख्नुपर्ने व्यवस्था गरिएको छ ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप बिहीबार, कात्तिक २३, २०८० मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्वीटर), टिकटक, युट्युब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो ।

अदालतको आदेशपछि लेकसाइड २४सै घण्टा खुल्ने, पर्यटन व्यवसायी उत्साहित बिहीबार, कात्तिक २३, २०८० गृह प्रशासन सुधार कार्ययोजनामा काठमाडौंको ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रमा २४ सै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ ।

जाजरकोटमा गत शुक्रबारयता साढे ६०० परकम्प बिहीबार, कात्तिक २३, २०८० जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता झण्डै साढे ६ सय परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले जानकारी दिइन् ।

विद्युत् महसुल नबुझाउने एक हजार ७९ सेवाग्राहीको लाइन काटियो बिहीबार, कात्तिक २३, २०८० नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ । कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राही मध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए ।

सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष, अक्टोबरमा सबैभन्दा बढी तापमान बिहीबार, कात्तिक २३, २०८० युरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष ठहर गरेका छन् । त्यसमा पनि गत महिना अक्टोबर सबैभन्दा तातो महिना भएको दाबी गरिएको छ ।

उत्तर कोरियाले नेपालमा दूतावास बन्द गर्ने बुधबार, कात्तिक २२, २०८० स्रोतका अनुसार नेपालबाट दूतावास हटाउने सम्बन्धमा दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । साथै सोमबार उत्तर कोरियाका राजदूत जो योङ मानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । उक्त अवसरमा पनि उनले प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । अहिले उत्तर कोरियाको दूतावास ललितपुरको झम्सिखेलमा छ ।