नानिभाउको बिचल्ली, परिवारबाट अपहेलित, सहयोगको याचना बिहीबार, कात्तिक ३०, २०८०

गल्तीले ८ सय २० करोड अर्कैको खातामा जम्मा भएपछि.. बिहीबार, कात्तिक ३०, २०८० सार्वजनिक क्षेत्रको बैंकले प्राविधिक गडबडी मानवीय त्रुटि वा ‘ह्याकिङ’ प्रयासबाट भएको हो भन्ने अझै स्पष्ट गरेको छैन । आईएमपीएस प्लेटफर्म भारतीय राष्ट्रिय भुक्तानी निगमद्वारा सञ्चालित छ । युको बैंकका ग्राहकहरूले बुधबार प्राविधिक गडबडीको सामना गर्नु परेको थियो ।

२० वर्षदेखिको विवाद दुई दिनमै मिलापत्र, कसरी भयो सम्भव? बिहीबार, कात्तिक ३०, २०८० दुई दशकदेखिको जग्गा अंश सम्बन्धी विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका– १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी छन् । नगरपालिकाको न्यायिक समितिले उनको उजुरी आएको दुई दिनमै अंश पाउने गरी विवादको टुङ्गो लगाइदिएको थियो ।

पूर्वाधारको पर्खाइमा म्याग्दीको मालिका धुरी बिहीबार, कात्तिक ३०, २०८० प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा...

भूकम्पपीडितको आँगनमा आएन तिहार बुधबार, कात्तिक २९, २०८० सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट– १३ मा छोरासँगै आएकी २६ वर्षीया भूमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजूकोसमेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै...

एउटै फार्मबाट तीन करोडको केरा बिक्री बुधबार, कात्तिक २९, २०८० विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोड रुपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका– ५ मा २० बिघा र गौरादह– ५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का,...

वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै फलफूलको राजा अर्थात् किबीखेती मंगलबार, कात्तिक २८, २०८० फुङ्लिङ नगरपालिका–११ का बमबहादुर भट्टराईले अलैँची बगानमा किबी खेती विस्तार गदै लगेका छन् । अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचढाव आइरहने भएकाले अलैँचीको विकल्पमा किबीखेती विस्तार गर्दै लगिएको उनको भनाइ छ । सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि शुक्रराज...

भूकम्पपीडितको तिहार पालमा मंगलबार, कात्तिक २८, २०८० तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ ।

लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग १४३८ मेगावाट, भारतमा पनि निर्यात आइतबार, कात्तिक २६, २०८० नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १३०५ मेगावाट थियो ।

जाजरकोट भूकम्प : करिब एक करोड ९० लाखका पशुपन्छीको क्षति शनिबार, कात्तिक २५, २०८० भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाख रुपैयाँका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको विवरण निकालेको हो ।

उपरथी पाण्डेको राजीनामासँगै नयाँ प्रधानसेनापतिको रोलक्रममा आए उपरथी सिग्देल शनिबार, कात्तिक २५, २०८० रथी दर्जामा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको छ । छानबिनकै क्रममा उपरथी पाण्डेले बिहीबार राजीनामा दिएका हुन् ।

चिसोले कठ्याङ्ग्रिएर २ भूकम्पपीडितको मृत्यु शनिबार, कात्तिक २५, २०८० समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न परेका छन् । भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

उत्तर कोरियाका राजदूत र कर्मचारीले नेपाल छाडे शुक्रबार, कात्तिक २४, २०८० नेपालस्थित राजदूतावास बन्द गरेर उत्तर कोरियाली राजदूत र दूतावासमा कार्यरत कर्मचारीहरू फर्किएका छन् । उत्तर कोरियाले नेपालसहित विभिन्न देशका राजदूतावास बन्द गर्ने निर्णयसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग बिदाइ भेट गरेका थिए ।