News Griha :: न्यूजगृह
खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिने
खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिने कोजाग्रत पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्नेछ । त्यसपछि घट्दै गएर राति २ बजेर ३८ मिनेटमा सकिनेछ । 
यो वर्षको एउटामात्र चन्द्रग्रहण आज
यो वर्षको एउटामात्र चन्द्रग्रहण आज राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक अपराह्न ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्न हुन्छ । विशेष कामना...
प्रधानसेनापति शर्मा चीन प्रस्थान, सीताराम खड्काले पाए कामु
प्रधानसेनापति शर्मा चीन प्रस्थान, सीताराम खड्काले पाए कामु प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ प्रस्थान गरेका छन् । बेइजिङ प्रस्थान गर्नु अघि प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका थिए ।
भोलि खण्डग्रास चन्द्रग्रहण, ग्रहणमा के गर्न हुन्छ ?, के गर्न हुँदैन? 
भोलि खण्डग्रास चन्द्रग्रहण, ग्रहणमा के गर्न हुन्छ ?, के गर्न हुँदैन?  अर्थात्, ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, शृंगारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
जसले आठौँ पटक ताकमकोतको 'छेलो' फाल्ने प्रतियोगिता जिते
जसले आठौँ पटक ताकमकोतको 'छेलो' फाल्ने प्रतियोगिता जिते ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृष्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुन्छ । 
१४०१ सालमा फूलपातीका दिन गएको थियो भूकम्प, अष्टमीमा राजा अरि मल्लको मृत्यु
१४०१ सालमा फूलपातीका दिन गएको थियो भूकम्प, अष्टमीमा राजा अरि मल्लको मृत्यु आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु गएर गएको भूकम्पले दसैँ मनाइरहेका बेला हल्लीखल्ली मच्चिएको छ । धादिङ वरिपरिका क्षेत्रका मानिसहरूले विगतका भूकम्प सम्झँदै अनुभव सुनाएका थिए । आज बिहानको भूकम्प भने ६.१ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो ।
सिमसार क्षेत्र मासिँदै, वातावरणमा प्रतिकूल असर
सिमसार क्षेत्र मासिँदै, वातावरणमा प्रतिकूल असर विभिन्न कारणले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका सिमसार र रामसार क्षेत्रहरू अतिक्रमणमा परेका छन् । अतिक्रमणका कारण ती क्षेत्र खुम्चिँदै गएका छन् ।सिमसार क्षेत्र मासिने जोखिम बढेपछि यस क्षेत्रको वातावरणमा प्रतिकूल असर परिरहेको छ ।
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन् । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका...
हरायो दसैँमा चङ्गा उडाउने संस्कृति
हरायो दसैँमा चङ्गा उडाउने संस्कृति दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।
चिनी अभावमा औद्योगिक कोरिडोरका उद्योगहरू प्रभावित
चिनी अभावमा औद्योगिक कोरिडोरका उद्योगहरू प्रभावित स्थानीय उत्पादनले नपुग्ने, सरकारले पर्याप्त आयात गर्न नसकेको अवस्था एवं निजी क्षेत्रलाई आयात गर्ने अधिकार नदिँदा चिनी अभावको अवस्था रहेको उद्योगीहरूको भनाइ छ । यसले गर्दा उल्लेख्य परिणाममा चिनी खपत हुने चकलेट, बिस्कुट जस्ता उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।
चिनीको हाहाकार कहिले सम्म?
चिनीको हाहाकार कहिले सम्म? अहिले देशभर चिनीको हाहाकार छ । दसैँ, तिहारजस्ता नेपालीहरूको मुख्य चाडपर्वमा बजारमा भइरहेको चिनीको अभावप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ । सरकार भने बजारमा देखिएको चिनीको अभाव कम गर्ने प्रयास जारी रहेको दाबी गर्छ । 
Weather Update