News Griha :: न्यूजगृह
विदेशबाट फर्किएर कृषिमा लागे स्याङ्जाका चन्द्रकान्त, बीउ र तरकारी बेचेरै कमाउँछन् वार्षिक १४ लाख
विदेशबाट फर्किएर कृषिमा लागे स्याङ्जाका चन्द्रकान्त, बीउ र तरकारी बेचेरै कमाउँछन् वार्षिक १४ लाख स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा  १४ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् ।
केरुङ–चिलिमे प्रसारणलाइन निर्माणमा १६ मिलियन डलर अनुदान दिन चीन सकारात्मक
केरुङ–चिलिमे प्रसारणलाइन निर्माणमा १६ मिलियन डलर अनुदान दिन चीन सकारात्मक नेपाल–चीनबीच जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माणमा १६ मिलियन डलर अनुदान दिन चीन सकारात्मक भएको बताइएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आयोजनाको लागि नेपालतर्फ १६ किलोमिटर भूभागमा संरचना बनाउनुपर्ने भएकोले उक्त क्षेत्रमा संरचना बनाउन लाग्ने बजेट चीनसँग अनुदानको रुपमा मागेको र त्यसमा चीन सकारात्मक रहेको...
डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी गर्छन् भोजपुरका चन्द्रबहादुर
डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी गर्छन् भोजपुरका चन्द्रबहादुर भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नभएको तामाङले बताए ।टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए । एकदिनमा आठदेखि दश वटासम्म डोका तयार गर्ने उनको भनाइ...
विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर
विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रतिदिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका छन् ।  
बाख्रापालनबाट वार्षिक सात लाख कमाउँछिन् श्रीमाया 
बाख्रापालनबाट वार्षिक सात लाख कमाउँछिन् श्रीमाया  तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आलेले विगत केही वर्षदेखि बाख्रापालन गर्दै आएकी छिन् । उनले गाउँमा नै बाख्रा बिक्री गरी आम्दानी गरेकी हुन् । ‘बाख्रापालन व्यवसायबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ,’श्रीमायाले भनिन् ।
कृषि र पशुपालनबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्छन् बाग्लुङका त्रिलोचन सापकोटा
कृषि र पशुपालनबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्छन् बाग्लुङका त्रिलोचन सापकोटा पशु र बालीमा कुनै रोगको संक्रमण नभए आम्दानी राम्रो हुने उनले बताए । उनले भने, ‘तलब, ज्याला, मल, बीउलगायतमा वार्षिक पाँच लाख खर्च भए पनि १० लाख बचत हुन्छ ।’ निरन्तरको कृषि लगावका कारण आफूले सफलता पाएको भन्दै सापकोटाले कृषिमा धैर्यता आवश्यक रहेको बताए ।
 खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै
 खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै ललितपुर महानगरपालिका–२१ खोकनामा  तोरी खेती कम हुँदै जान थालेका छन् । साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन् । अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गरेर व्यवसाय सञ्चालन गरेका छन् ।
केरा खेतीबाट मनग्य आम्दानी
केरा खेतीबाट मनग्य आम्दानी वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उनले केरा खेती गर्दै आएका छन् । रानाले वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्मको केरा...
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता गरिएको पुष्टि भएको छ ।
जलहरीमा घोटाला प्रकरण : भ्रष्टाचार मुद्दा दर्ता हुने  
जलहरीमा घोटाला प्रकरण : भ्रष्टाचार मुद्दा दर्ता हुने   पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा अनियमितता भएको निष्कर्ष निकालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । पशुपतिको जलहरीमा अनियमितता भएको अख्तियारको निष्कर्ष शीर्षकमा न्यूजगृहले असोज ५ गते समाचार सार्वजनिक गरेको थियो । 
नेपालमा किन बढ्यो वैदेशिक हस्तक्षेप?, के भन्छन् जानकार?
नेपालमा किन बढ्यो वैदेशिक हस्तक्षेप?, के भन्छन् जानकार? नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप नयाँ होइन । तर बारम्बार भइरहँदा कतै यो अभ्यास त बनेको छैन । नेपालका लागि चिनियाँ राजदूत छन सोङ नेपाल–भारत सम्बन्धमा कूटनीतिक मर्यादाविपरीत टिप्पणी गरेर विवादमा तानिए । एभरेष्ट होटलमा भदौ २० मा आयोजित कार्यक्रममा दिएको विवादास्पद भाषणको भिडिओ सार्वजनिक भएपछि राजदूत छनको तीव्र विरोध...
पदमचाल फूललाई एक चुम्बन
पदमचाल फूललाई एक चुम्बन पत्रैपत्र परेको पिरामिड जस्तो यो फूल देखेर मोहित नहुने सायदै छन् । कतिपय प्रत्यक्ष देखेर मक्ख पर्छन् भने कतिपय फोटो भिडिओ हेरेर लोभिन्छन् ।
Weather Update