संसद्मा दर्ता भएको विद्युत् विधेयकमा के छ ?शनिबार, भदौ ३०, २०८०

मगर भाषा लोप हुन लागेकोमा चिन्तित छन् बाग्लुङका बुढापाका शनिबार, भदौ ३०, २०८० दशक अगाडिसम्म बाग्लुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

५ वर्षअघि स्याङ्जामा खिचिएको विष्णु माझीको तस्बिर सार्वजनिक शुक्रबार, भदौ २९, २०८० चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी भूमिगत छिन् । उनको आवाजका फ्यान उनलाई हेर्न व्यग्र प्रतीक्षामा छन् । भरखरै उनको तीज गीत सार्वजनिक भएको छ 'बलमा' । उक्त गीतले दर्शकको राम्रै 'भ्यूज' पाएको छ । यहीबेला विष्णु माझीको ५ वर्षअघिको फोटो सार्वजनिक भएको छ ।
1689486152.jpg)
सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव बिहीबार, भदौ २८, २०८० गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । उक्त प्रतिवेदनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायको सुझावसहित प्रतिवेदन बुझाएको हो ।

यस्तो रह्यो नेम्वाङको अन्तिम बिदाइ बिहीबार, भदौ २८, २०८० मंगलबार बिहान हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो । निर्धारित समयमा नै पशुपति आर्यघाटमा शव पुर्याइएको थियो । शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक सर्वसाधारण लगायत...

तीन छोराले वास्ता गर्दैनन्, बा आश्रममा छोरा कुरिरहन्छन् बिहीबार, भदौ २८, २०८० ‘म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरुले दुःख पाउँछन् भनेर मैले २० वर्ष भारतमा रगत पसिना बगाएर धन कमाएँ, बुढीले गाउँघरमा हात खुट्टा बजारेर उनीहरुलाई हुर्काइन्, उनीहरुले पढ्न जाहे जति पढाएँ पनि, जब बुढी बिती, त्यसपछि छोराहरुले मलाई हेर्न छोँडे’, पाठकले भने,‘अब हातपाखुरा बस्न थाले, छोराहरुले पनि मलाई एक्लो बनाए,...

चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा बिहीबार, भदौ २८, २०८० डापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । भोजपुर चरनको अभाव भएको छ । सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् । चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडापालक कृषक गोविन्द बस्नेतले...
1684206856.jpg)
व्यावसायिक फूल खेतीमा युवा, तिहारमा २० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, भदौ २७, २०८० लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुटेका छन् व्यावसायी दशरथ साउद । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन् ।

भोजपुरे खुकुरी बनाएर वार्षिक १० लाख कमाइ बुधबार, भदौ २७, २०८० भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले आम्दानी गर्दै आएका छन् । उनले लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर वार्षिक ८ लाखदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

गाउँमा कसैले झगडा गर्यो भने रुन्थे सुवास नेम्वाङ बुधबार, भदौ २७, २०८० सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भने, ‘उहाँको धेरै नबोल्ने गम्भीर स्वभाव थियो । गाउँमा कोहीले झगडा गर्यो भने ऊ रुन्थ्यो’, राईले भने,‘भैझगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो ।’

अन्ततः ढाकाकुमारले गरे मन्त्री बनाउन ३ करोड माग्ने रविको 'कोर टीम'को खुलासा सोमबार, भदौ २५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको खुलाएका छन् । समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ रकम घुस मागेको अडिओ सार्वजनिक भएको थियो । सोही अडिओका कारण उनलाई पार्टीले साधारण सदस्य...

पहिले चहलपहल अहिले सुनसान कटारी बजार सोमबार, भदौ २५, २०८० पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नुन, तेल भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजार ।

अलैँचीको मूल्य दोब्बरले बढ्यो, किसान उत्साहित आइतबार, भदौ २४, २०८० अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो । बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ५६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।