News Griha :: न्यूजगृह
यस्तो रह्यो नेम्वाङको अन्तिम बिदाइ

काठमाडौं—  मंगलबार बिहान हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो ।
निर्धारित समयमा नै पशुपति आर्यघाटमा शव पुर्याइएको थियो ।

subash chandra nembang- deathboday pashupa51694671606.jpg

 

शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक सर्वसाधारण लगायत हजारौँको सहभागिता थियो । नेम्वाङको निवास, बालुवाटारबाट आर्यघाटसम्म शवयात्रा गरिएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

subash chandra nembang- deathboday pashupati61694671648.jpg

909098871694698690.JPG

489321694698687.jpgशवयात्रामा रहेका सबैका अनुहारमा एक कुशल, मृदुभाषी, असल राजनीतिज्ञलाई गुमाउनु पर्दाको पीडा प्रष्टै देखिन्थ्यो । 

प्रधानमन्त्री, विभिन्न पार्टीका शीर्षनेताहरू, मन्त्री, सांसद, उच्चपदस्थ अधिकारीले नेम्वाङलाई आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिए । पशुपति आर्यघाटमा नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

rastri jhanda1694698688.JPG

uml flag1694698689.JPG

संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका पूर्वसभामुख नेम्वाङको निधनमा नेपाल सरकारले राजकीय सम्मान प्रदान गरेको थियो । बिहीबार सरकारले उनको सम्मानमा सार्वजनिक बिदासमेत दिएको थियो । उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा छोरा मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए ।

 

senako tukadai1694698693.JPG

sena k otukadi11694698692.JPGत्यसक्रममा नेम्वाङप्रति सम्मान प्रकट गर्दै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो । अन्तिम श्रद्धाञ्जली दिँदा नेम्वाङ श्रीमती विशालनुमा भक्कानिइन् । उनलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

489341694698687.jpg

नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका शीर्षनेता, नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्याललगायत आर्यघाट पुगेका थिए ।

48931694698685.jpg
मंगलबार बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दुई दिन ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । 

48081694698683.jpg

नेम्वाङ २००९ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिनुभएका थिए ।  २०४८ र २०५२ सालमा गरी दुईपटक राष्ट्रिय सभाको सदस्य भएका नेम्वाङ २०५६ मा इलामबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनी २०६३ सालको पुनःस्थापित प्रतिनिधि सभाको सभामुखसमेत भए ।

pashupati publice121694698720.jpg२०६४ र २०७० मा भएका दुईवटा संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी भएर नेम्वाङ संविधान सभा अध्यक्षसमेत भए । उनले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेम्वाङ २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्यमा पनि इलाम–२ बाट निर्वाचित भएका थिए । राजनीतिक जीवनमा नेम्वाङले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीसमेत बहन गरेका थिए ।

public pashupati11694698694.JPGविद्यार्थीकालमै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अनेरास्ववियुबाट स्ववियु सभापति भएका थिए । राजनीतिकै क्रममा २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा सङ्गठित थिए ।

47961694698683.jpeg२०५४ को छैटौँ महाधिवेशनदेखि निरन्तर पार्टी केन्द्रीय कमिटीमा रहेका नेम्वाङ २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य भएका थिए भने २०७८ सालमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका हुन् ।

उपाध्यक्ष नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १९:१३
Weather Update