इलामका युवा व्यावसायिक चौँरीपालनमाशुक्रबार, भदौ १५, २०८०

परम्परागत र आधुनिक घारमा मौरीपालन गर्दै पाल्पाका गोवर्द्धन वंशी बिहीबार, भदौ १४, २०८० मह काढ्ने समय भएपछि कसका घरमा कसले कति निकाल्यो भन्ने गाउँभरि नै चर्चा हुन्थ्यो । तर अहिले भने यसरी परम्परागत ढंगले मौरीपालन गर्ने चलन गाउँमा कम हुँदै गएको छ ।

सुनसान बने बाग्लुङका होमस्टे मंगलबार, भदौ १२, २०८० बाग्लुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् ।

६० वर्ष अंगालेको पेशा संकटमा, कठिन बन्दै पदमलालको दैनिकी शनिबार, भदौ ९, २०८० गाउँघरमा खेतीपाती गर्नेको संख्या घट्दै गएपछि आरन पेसा संकटमा पर्न थालेको पदमलालले बताए । १३ वर्षको कलिलो उमेरदेखि आरन फलाम पिट्ने काम गरेको अनुभव सुनाउँदै उनले पछिल्ला केही वर्षयता फलाम पिट्ने काम कम हुँदै गएको गुनासो गरे । पछिल्लो समय प्रविधिको विकासले फड्को मारेर खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो,...
1692352403.jpg)
डोल्पाको स्याउमा बिचौलियाको रजगज, स्थानीय तह मुकदर्शक शनिबार, भदौ ९, २०८० डोल्पामा चार सय १२ हेक्टर जमिनमा स्याउ खेती गरिएको र प्रत्येक वर्ष तीन हजार दुई सय ९६ मेट्रिक टन स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए । त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकालाई काँचो स्याउ बिक्रीवितरणमा रोक लगाउन भने पनि चासो नदिएको उनको भनाइ छ ।...

छोराबुहारी अमेरिका-अष्ट्रेलिया गएपछि ७६ वर्षीय बालकृष्णले रोजे ‘ड्रागन’ खेती बिहीबार, भदौ ७, २०८० उनको घर छेउको बारीमा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ देखिन्छन् । दुई वर्षअगाडि लगाएको बिरुवाले अहिले फल दिन थालेपछि उनी दंग भएका छन् । बिहानदेखि रातिसम्म बारीमा बिताउने उनलाई खान लाउनको कुनै केही समस्या छैन ।

दुई वटा टावर निर्माणमा विवाद हुँदा १३ वर्ष अल्झिएको एक विशाल आयोजना ! मंगलबार, भदौ ५, २०८० चितवनको भरतपुर महानगर–११ आँपटारीमा रहेको नयाँ भरतपुर सबस्टेसनमा मनाङ–मर्स्याङदी करिडोरको बिजुली जोडिने छ । सो आयोजनाको लागत एक अर्ब ५२ करोड रहेको छ । यस्तै, हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको कूल लागत पाँच अर्ब ९४ करोड बराबर छ ।

के हो टेरामोक्स प्रविधि ?, के यसले हामीले गरेको कुराकानी रेकर्ड गर्छ? मंगलबार, भदौ ५, २०८० कम्पनीहरूको कार्यान्वयनमा रुचि नदेखाएपछि तीन अर्ब रुपैयाँभन्दा बढी खर्चेर ल्याइएको उक्त प्रविधि हाल कार्यान्वयनमा आउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलका तीनवटा डाटा सेन्टरमा उक्त प्रविधि जडान भए पनि कार्यान्वयनमा आएको छैन भने नेपाल टेलिकमले उक्त प्रविधि जडानमा रुचि देखाएको छैन ।

एसईईमा ‘ए’ ग्रेड ल्याएर पढ्न नपाएका मिलन: ६ किलो सूर्यमुखीको दानाबाट व्यवसायी बन्दै सोमबार, भदौ ४, २०८० खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट १६ वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाले थप अध्ययन गर्ने मनस्थिति बनाएनन् ।गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा रहेकाले मिलनले विदेश जाने सोच बनाए । मलेसिया जान आवश्यक कागजात बोकेर काठमाडौं पुगे, उनी । मेनपावर कम्पनीमा राहदानी बुझाए ।

काण्डले डराएको गठबन्धन सरकार आइतबार, भदौ ३, २०८० सरकारले जनतासामु कुनैपनि प्रकरणमा आफ्नै पार्टीका नेताहरूसमेत दोषी देखिए कारबाही गर्ने रटान लगाइरहँदा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कांग्रेस सभापति शेरबहादुर देउवाबाट अनुसन्धान प्रभावित पार्ने क्रियाकलाप भएका हुन् । सरकारको समर्थन र वाहवाही गर्नेहरूले सुन तस्करी प्रकरणमा महरा बाबुछोरा पक्राउ नपरेपछि ‘जुन जोगी आएपनि कानै चिरिएको’ भन्दै विरोध गर्न...

राष्ट्रपति र प्रधानमन्त्रीले किन भेटेनन् बागेश्वर बाबालाई? शनिबार, भदौ २, २०८० चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा आइतबारदेखि हनुमान कथा प्रवचन सुरु गरेका छन् जुन सोमबारसम्म चल्ने छ । शास्वतधाममा दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म हुने हनुमान कथा प्रवचनमा दैनिक करिब ११ हजारभन्दा धेरैले सुन्ने व्यवस्था मिलाइएको छ । कथा सुन्नका लागि शास्वतधाम प्रवेशका लागि अनलाइन पासको...

जथाभावी डोजर चलाउँदा मुगुका १५० बस्ती पहिरोको उच्च जोखिममा शनिबार, भदौ २, २०८० यसैको कारण मुगुमा एक सय ५० भन्दा बढी बस्तीहरू पहिरोको उच्च जोखिममा परेका छन् । चार स्थानीय तह भएको मुगुमा एक सय ५० बस्ती पहिरोको उच्च जोखिममा परेको हो । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौँ नागरिकहरू जोखिम मोलेर जीवन बिताउन बाध्य छन् ।

६१ वर्षीय प्रेमकुमारीको रहर : ६ सन्तान हुर्काएर ६ कक्षामा भर्ना शनिबार, भदौ २, २०८० नातिनातिना उमेरका सहपाठीसँग पढ्दा रमाइलो हुने गरेको उल्लेख गर्दै उनले भने, ‘बिहान खाना खाएर विद्यालय आएपछि कक्षामा पढ्दा समय बितेको थाहा हुँदैन, बालबच्चासँग रमाइलो गरी पढ्ने गरेकी छु ।’