News Griha :: न्यूजगृह
एसईईमा ‘ए’ ग्रेड ल्याएर पढ्न नपाएका मिलन: ६ किलो सूर्यमुखीको दानाबाट व्यवसायी बन्दै

खोटाङ— जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरे ।

खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट १६ वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाले थप अध्ययन गर्ने मनस्थिति बनाएनन् ।

गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा रहेकाले मिलनले विदेश जाने सोच बनाए । मलेसिया जान आवश्यक कागजात बोकेर काठमाडौं पुगे, उनी । मेनपावर कम्पनीमा राहदानी बुझाए ।

मान्छे विदेशमा पठाउँदै आएका खोटाङकै केपिसालगढी गाउँपालिकाका कृष्ण राईलाई उनले राहदानी बुझाए । राहदानी बुझाएका मिलनलाई मेनपावर कम्पनीले तीन लाख ५० हजार रुपैयाँ धरौटी रकम लाग्ने जानकारी दियो ।

आफ्नै गाउँमा केही गर्न सकिन्छ कि भन्नेबारे युट्युबमा हेर्न थाले । परम्परागत खेती गरेर जीवन निर्वाह गर्दै आएका खार्मीमा उनले व्यावसायिक रुपमा सूर्यमुखी फूलको खेती गर्ने सोच बनाए ।

सरकारको नियमअनुसार ज्यामी काममा मलेसिया जान ‘फ्रि भिजा’, ‘फ्रि टिकेट’ भनिए पनि मेनपावर कम्पनीले यति धेरै पैसा लाग्ने सुनाएपछि मिलनको मन बदलियो । भर्खर १९ वर्ष लागेका उनले मेनपावर कम्पनीको कुरा सुनेर घर फर्किए । आफ्नै ठाउँमा केही गर्ने सपना बुनाए ।

आफ्नै गाउँमा केही गर्न सकिन्छ कि भन्नेबारे युट्युबमा हेर्न थाले । परम्परागत खेती गरेर जीवन निर्वाह गर्दै आएका खार्मीमा उनले व्यावसायिक रुपमा सूर्यमुखी फूलको खेती गर्ने सोच बनाए ।

पुरानो खेती हुँदै आएको चार रोपनी जग्गामा सोलुखुम्बुबाट किनेर लगेको ६ किलो सूर्यमुखी फूलको दाना रोपेर व्यावसायिक खेती सुरु गरे ।

अहिले मिलनले लगाएको व्यावसायिक सूर्यमुखी फूल ढकमक्क फुलेको छ । सँधियारले आसपासको जग्गामा लगाएको मकै र कोदो फलिरहँदा मिलनको जग्गामा पँहेपुर फुलेको सूर्यमुखीको खेती देख्दा रमित लाग्दो छ । 

युट्युबमा हेरेर परीक्षणबिना व्यावसायिक रुपमा सुरु गरिएको सूर्यमुखी फूलको खेती सप्रिएको छ । आगामी वर्ष थप वृद्धि गर्ने तयारी गरिएको उनले बताए ।

‘विदेश जाने सोच बनाएको थिएँ, फ्रि भिजा, फ्रि टिकेट भनिएको ठाउँमा दलालले ठग्दा रहेछन्,’ उनले भने, ‘त्यतिका पैसा खर्च गरेर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गरौँ भन्ने सोच आयो, परीक्षणमै राम्रो उत्पादन हुने देखिएको छ, आगामी दिनमा थप विस्तार गर्ने तयारीमा छु ।’

खार्मीका मिलनले लगाएको सूर्यमुखी फूलको उत्पादनलाई हेरेर आगामी दिनमा अरू कृषकलाई अनुदानको व्यवस्था गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले बताए ।

सूर्यमुखी फूल पाक्नेबित्तिकै तोरी खेती गर्ने तयारीमा छन्, मिलन । ‘परम्परागत खेतीले जीवन निर्वाहबाहेक केही गर्न सकिँदैन, गाउँमा आम्दानीको अरू स्रोत छैन, आम्दानीको स्रोत वृद्धि गर्न गाउँमै तेलहनजन्य खेतीलाई व्यावसायिक बनाउने सोचमा छु,’ उनले थपे, ‘आफ्नो गाउँमा खपत हुने खाने तेल गाउँमै उत्पादन गर्ने गरी योजना बनाएको छु ।’ 

नगरपालिकाको कृषि शाखामा आधिकारिक रुपमा सूर्यमुखी कृषि फार्म दर्ता गरेर सूर्यमुखी फूलको व्यावसाय सुरु गरेका मिलनलाई आमाबुबाले साथ दिँदै आएका छन् । पुरानै कृषि गर्दै आएका छिमेकीहरू मिलनको व्यावसायिक खेती देखेर सिको गर्ने तयारीमा छन् । 

खार्मीका मिलनले लगाएको सूर्यमुखी फूलको उत्पादनलाई हेरेर आगामी दिनमा अरू कृषकलाई अनुदानको व्यवस्था गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले बताए ।

‘खार्मी, पाथेका र जालपालाई तेलहनजन्य कृषि उत्पादनको पकेट क्षेत्र बनाउने तयारी गरिएको छ, मिलन भाइले सूर्यमुखी फूलको खेती सुरु गर्नु भएको रहेछ,’ उनले भने, ‘सूर्यमुखी फूलको खेती सफल भए उहाँलाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइने छ ।’

मिलनको व्यावसायिक सूर्यमुखी फूलको खेती हेर्न नगर उपप्रमुख राई कृषि शाखा प्रमुख तेजप्रकाश जैसीसहितका टोली खार्मी पुगेका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १०:२६
Weather Update