News Griha :: न्यूजगृह
प्रधानसेनापति शर्मा चीन प्रस्थान, सीताराम खड्काले पाए कामु
तस्बिर : सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय ।

काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ प्रस्थान गरेका छन् ।

बेइजिङ प्रस्थान गर्नु अघि प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका थिए ।

त्यस्तै, प्रधानसेनापति शर्मालाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी श्री प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता छ । 

army-chief-china-visit1-1698392930.jpg

चीन भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ सियाङसानको उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनको चिनियाँ जनमुक्ति सेनाको सीएमसीका जोइन्ट चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग पनि शिष्टाचार भेटघाट हुनेछ । 

चीनमा रहँदा प्रधान सेनापतिले ग्रेट वाल लगायत बेइजिङस्थित महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन् । उनी चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रिभोजमा पनि सरिक हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

army-chief-china-visit-2-1698392930.jpg

प्रधानसेनापति चीनको संघाईस्थित सियान सिटी तथा ग्वानझाओमा रहेको चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाई तथा शिक्षण संस्थाहरूको भ्रमण गर्नेछन् । उनी कार्तिक १६ गते स्वदेश फिर्ता हुने नेपाली सेनाले जनाएको छ ।

army-chief-china-visit-4-1698392929.jpgशर्माको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १३:३४
Weather Update